• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिन्धुलीमा धानखेती : क्षेत्रफल बढ्यो, उत्पादन बढेन

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुली ।   सिन्धुलीमा बर्खे धानखेतीको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार तुलनात्मक रूपमा जिल्लामा धानखेती हुने क्षेत्रफल बढे पनि उत्पादनमा भने कमी आएको छ ।

    केन्द्रका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले जिल्लामा गत वर्षभन्दा यसवर्ष धान खेती भएको क्षेत्रफल पाँच सय ८२ हेक्टरले बढेको छ । तर, पनि उत्पादन भने दुई सय ६१.३७ मेट्रिक टनले कमी भएको जानकारी दिए । अधिकारीका अनुसार यसवर्ष जिल्लामा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ४२ हजार दुई सय ३८.६३ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार आठ सय ४१ हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ४२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।

    उनका अनुसार धान लगाउने बेलामा समयमै पानी परे पनि विभिन्न रोग, किराको संक्रमण, बेमौसमी वर्षाका कारण उत्पादन कमी भएको हो । जिल्लामा बेमौसमी वर्षाले धान खेतीलाई बढी नोक्सानी गरेको उनको भनाइ छ । काटेर थन्काउन राखेको धान वर्षाले भिजाएपछि क्षेति भएको थियो । यसवर्ष धानबालीमा ब्लास्ट रोगले निकै नै क्षति पुर्‍याएकाे थियो ।

    ‘जिल्लामा धानबालीमा ब्लाष्ट रोगको संक्रमण पनि देखा परेको थियो । केही क्षेत्रको धानबालीमा उक्त रोगले धेरै नै नोक्सानी गरेको थियो । यो रोगको संक्रमण कमलामाई नगरपालिकामा बढी देखा परेको थियो, ‘ उनले भने, ‘जिल्लाको पहाडी भेगमा भने बेमौसमी बर्षाले पनि धानमा क्षेति गरेको थियो । त्यसले पनि यो वर्ष अनुमान गरे अनुसारको उत्पादन भएन ।’

    बेमौसमी बर्षाको कारण जिल्लामा करिब साढे तीन सय हेक्टर जमिनको धानबाली क्षेति भएको थियो । जिल्लाभर लगभग तीन सय ३३ हेक्टर जमिनको धानबाली क्षेति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । बेमौसमी बर्षाले सबैभन्दा बढी दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका र कमलामाई नगरपालिकामा भएको निमित्त प्रमुख अधिकारीले बताए ।  उर्मिला भट्टराई/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.