• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनीहरूलाई काँटछाँटसम्बन्धी सीप विकास गर्न तालिम गराइरहेको छ । इलामका ८६ समूह किसानलाई तालिम गराउन दिन सुरू गरेकाे चिया विस्तार आयोजना फिक्कलका प्रमुख ईन्द्र अधिकारीले जानकारी दिए ।

    काँटछाँटसम्बन्धी तालिममा २७ सय ९० किसान सहभागी छन् । अहिले चिया काँटछाँटको सिजन भएकाले किसानलाई तालिम गराइएको हो । चियाको गुणस्तर विकासको लागि सिजन अनुसारको सीप सिकाउने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताए । ‘हामीले मिसनकै रुपमा चिया किसानलाई तालिम गराउन थालेको हौँ,’ कार्यकारी निर्देशक डा. भट्टराईले भने, ‘बोटबाटै चियाको गुणस्तर सुधार गर्ने बोर्डको मिसन हो ।’ बोर्डले चियाको काँटछाँटसहित मलजल, टिपाइ, चियाको प्रशोधन र रोग किरा नियन्त्रणसम्मको तालिम गराउनेछ ।

    चियाको काँटछाँट नमिल्दा चियाको उत्पादनमा ह्रास हुने गरेको छ भने हरियोपत्तीको गुणस्तरमा समेत कमी आउने चियाका प्राविधिक ज्योति अधिकारीले बताए । ‘काँटछाँट नमिल्दा उत्पादनमा त कमी आउँछ नै पत्तीको गुणस्तर समेत हुँदैन,’ अधिकारीले भने, ‘अहिले किसानले जथाभावी चिया काट्ने गरेका छन् ।’ जसका कारण हरियोपत्तीको उत्पादनमा १५ देखि २० प्रतिशतसम्म ह्रास हुने चिया विस्तार आयोजना फिक्कलका प्रमुख ईन्द्र अधिकारीले बताए । ‘काँटछाँट नमिल्दा चियाको उत्पादनमा कमी आउँछ, प्रुनिङ साइकल मेन्टन गरेर काँटछाँट गरियो भने उत्पादन बढ्छ,’ अधिकारीले भने, ‘अहिलेसम्म धेरै किसानले प्रुनिङ साइकल मेन्टेन भएको खासै पाइदैन ।’

    चियाको पाँच देखि ६ बर्षको प्रुनिङ साइकल हुन्छ । चियाको टिपाइ सुरू भएपछि १४ देखि १६ इञ्च उचाइमा ‘लाइट प्रुनिङ’ गर्नुपर्छ । अर्को बर्ष चियाको गाँज मिलाउनको लागि ‘लेबल अफ स्किप’ गर्नुपर्छ । अर्को बर्ष लेबल अफ स्किप गरिएको एक इञ्चमुनि ‘लाइट स्किप’ गर्नुपर्छ । अर्को वर्ष ‘डिप स्किप’ गर्नुपर्छ, त्यसको अर्को वर्ष ‘लेवल अफ स्किप’ गरेपछि पुन: लाइट प्रुनिङ गर्नुपर्छ । यो प्रुनिङ साइलक पूरा गर्न पाँचदेखि ६ वर्षसम्म लाग्ने चिया प्रविधिकहरू बताउँछन् । पाँचपटक प्रुनिङ साइकल पूरा भएपछि एक पटक पाँच देखि ६ इञ्चमा ‘मिडियम प्रुनिङ’ गर्नुपर्ने चिया विस्तार आयोजनाका प्रमुख अधिकारीले बताए ।

    चिया रोपेको ६ बर्षबाट उत्पादन हुन्छ । उत्पादन सुरूअघि पनि तीन चरणमा चियाको बोर्ड काँटछाँट मिलाउनुपर्छ । चिया रोपेको ६ महिनामा ‘डिसेन्टर’ गरिन्छ । त्यससपछि बोटअनुसार ‘रिसेन्टर’ गरिन्छ । चियाको बोट मिलाउन ‘फ्रेम फर्मेसन प्रुनिङ’ गरेपछि हरियोपत्ती उत्पादन सुरू हुन्छ ।

    राष्ट्रिय चिया तथा कफि विकास बोर्डले ट्रेडमार्क पाएको उद्योगमा हरियोपत्ती बिक्री गर्ने किसानलाई चियाखेतीको लागि तालिम गराउँदैछ । इलामका १५ वटा चिया उद्योगले नेपाली टि क्वालिटी फ्रम दि हिमालयन ट्रेडमार्क पाइसकेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.