हेटौँडा । राप्रपा मकवानपुरले हेटौँडामा प्रर्दशन गरेको छ । सरकारले निर्माण गरेको क्वारिन्टन ब्यवस्थापन राम्रो गर्नुपर्ने, पिसिआर टेष्टको दायरा बढाउनुपर्ने लगाएतको माग राख्दै राप्रपाले हेटौँडाको बुद्धचोकमा कोणसभाको आयोजना गरेको हो । कोणसभामा बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीले सरकारले गफ मात्र गरेको बताए । नेपालमा महिलामैत्री क्वारेन्टिन नहुँदा महिलाहरु क्वारेन्टिनभित्रै आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । सरकारले विदेशबाट आफ्नो देश आउन चाहने नागरिकको मागको समेत वेवास्ता गरेको उनको भनाई रहेको छ ।








