• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एमालेविरुद्धको गठबन्धनमा न्यायाधीश, निर्वाचन आयोग र सभामुखसम्म : भट्टराई

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेविरुद्धको गठबन्धनमा सर्वोच्चका न्यायाधीशदेखि निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गरेका हुन् ।

    ‘एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी एक भएका छन् । त्यसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरु मिसिएका छन् ।  त्यो गठबन्धनमा निर्वाचन आयोग छ, त्यो गठबन्धनमा सभामुख पनि सामेल छन्,” भट्टराईले भने, “विचराहरुलाई एमालेसँग एक्लाएक्लै लड्ने साहस छैन । उनीहरुलाई कांग्रेसकै बैसाखी चाहिन्छ ।”

    एमाले बलियो भएकै कारण आफ्नो पार्टीले निष्कासन गरेको मान्छेहरुको हस्ताक्षर र सनाखत गरेर निर्वाचन आयोगले पार्टी फुटाएको भट्टराईले तर्क गरे । एमालेबाट निष्कासनमा परेका सांसदहरुको पद जोगाइदिएर सभामुखले पार्टी विभाजनमा मतियारको भूमिका खेलको उनको आरोप थियो ।

    भट्टराईले सर्वोच्च अदालतको वाधाका कारण यो बेला मुलुकमा ताजा जनादेश सहितको सरकार आउन नपाएको बताए ।  “केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । ६ महिनापछि ताजा जनादेश सहितको संसद ल्याउने गरी विघटन गर्नु भएको थियो,” भट्टराईले भने, “त्यो संविधान विघटन होईन, व्यवस्था विघटन होईन, हामीले विघटन गरेको भनेको ६ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेश सहितको मुलुकमा सरकार आइसक्थ्यो । तर सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।”

    भट्टराईले गठबन्धन भत्काउने अस्त्रका रुपमा एमसिसीलाई पास नगर्ने बताए । “एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैन । हामीलाई सरकार चाहिएको छैन । एमाले सत्तारुढ हुन आशा गरेको छैन,” उनले भने, “एमालेले गठबन्धन भत्काउनका लागि एमसिसी पास गर्छ भनेर भ्रम छरिएको छ । एमालेलाई सरकारमा जान हतार छैन ।”

    भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेका छन् । उनले महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत माधव नेपाल, झलनाथ खनाल र प्रचण्डमा नभएको टिप्पणी गरेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.