• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बोलबम धामलाई धार्मिक पर्यटनको विकास गर्ने योजना, १२ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पुनर्निर्माण सुरु

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । धार्मिक पर्यटनको विकास गर्न रुपन्देहीको पर्रोहा बोलबम धामलाई आकर्षक डिजाइनमा पुनर्निर्माण गर्न थालिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बोलबम धाम पश्चिम नेपालकै ठूला शक्तिपीठ मध्येकै एक हो । १४ करोड रुपैयाँको लागतमा मूल मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको र यसले बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाउने सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले बताए ।

    सैनामैना नगरपालिकाले बोलबम धामको विकासका लागि गुरुयोजना बनाएर काम थालेको थियो । सोही गुरुयोजना अन्तर्गत नै पुनर्निर्माण सुरु गरिएको उनको भनाई छ । कार्कीका अनुसार बोलबम धाममा चारवटा ढोका हुनेछन् भने संरचनामा ५१ फिट लम्बाईको छानो हुनेछ । पहिलो चरणको काम सम्पन्न गर्न छ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ । सम्झौता अनुसार पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर र सत्तल निर्माण हुने छ ।

    यी संरचना दुई वर्षभित्र निर्माण सम्पन्न हुने नगर प्रमुख कार्कीले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीका अनुसार अहिले फाउन्डेशन निर्माणको काम सुरु भएको छ । दुई वर्षभित्रमा निर्माण थालिएका संरचनाको काम सकिने चौधरीले बताए । मूल मन्दिरका चारवटै कुनामा प्यागोडा शैलीका पन्चायतन मन्दिर बनाइने छ । नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् ।

    बोलबम धाममा करिव पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाईने छ भने मन्दिरमा त्रिशुल र डमरु पनि रहने छ । त्यस्तै साढे पाँच फिटको मूल गजुर रहने इन्जिनियर न्यौपानेले बताए । संघीय सरकारको सशर्त अनुदानमा पुनर्निर्माण हुन थालेको मन्दिरमा सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहने छ । मूल मन्दिरको पुर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा राखी आकर्षक मन्दिर बनाउने गरी गुरुयोजना तयार पारिएको छ ।

    मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति बोलबम धामको आकर्षण हुनेछ । इन्जिनियर न्यौपानेका अनुसार धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा निर्माण गरिने छ । हाल जीर्ण अवस्थामा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुलीबत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गरिनेछ । मन्दिरको आयआर्जन बढाउन ११ वटा कलात्मक पसल समेत निर्माण गरिने छ भने ढल निकासको समेत व्यवस्था गरिने छ ।

    धामको पुनर्निर्माण सम्पन्न भैसकेपछि वार्षिक १२ लाख धार्मिक पर्यटक भित्र्याउने नगरपालिकाको योजना छ । `मुक्तिनाथ र पशुनाथपछि सबैभन्दा ठूलाे धामको रुपमा पर्रोहा बोलबम धाम रहेको छ, वार्षिक १२ लाख पर्यटक सहजै आउन सक्छन्,´ कार्कीले भने । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तसम्म पूरा हुने र दोस्रो चरणमा आठ करोड लागतका पूर्वाधारहरुको काम त्यसपछि अगाडि बढ्ने कार्कीले बताए ।

    नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तरप्रदेशका हिन्दु धर्मावलम्बी लामो यात्रा गरेर बोलबम धाम आउने गरेका छन् । श्रावणी मेला भर्न ठूलो संख्यामा भारतीय पर्यटकहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए । पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिँदै आएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.