हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थितबाट लागूऔषध गाँजा १० किलो १०० ग्रामसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने १९ वर्षीय कृष्णकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, सुनारलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । सोमबार राति शंकास्पद अवस्थामा हिडिरहेका उनलाई रोकी चेकजाँच गर्ने क्रममा सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए । पक्राउ परेको उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।








