• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खोरेत रोग नियन्त्रणका लागि लुम्बिनी प्रदेशको रणनीतिक योजना

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यान्वयनमा ल्याएको छ । खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको  कार्यमा जुट्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीय तहका सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने र जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको सचिव डा. शान्ता कार्कीले बताइन् ।

    आवश्यकताका आधारमा खोपको खरिद कार्य संघीय र प्रदेशका निकायले गर्ने कार्कीले बताइन् । यो वर्ष लुम्बिनी प्रदेशका तीन जिल्ला बाँके, रुपन्देही र नवलपरासी पश्चिममा खोरेत रोग देखा पर्‍यो । देखिएको ठाउँलाई प्रदेश र स्थानीय तह मिलेर निसंक्रमण गरेको पशुपन्छी निर्देशनालयका निर्देशक परवेज आलमले बताए । रोग फैलिन नदिन र तत्काल नियन्त्रण गर्न सबै सरोकार निकायसँग समन्वयकारी भूमिका अपनाउनुपर्ने आलमले बताए । सबैको समन्वयमा क्षति कम गर्न सकिने उनले बताए ।

    यो वर्ष रुकुम पूर्व र गुल्मी बाहेकका प्रदेशका दशवटा जिल्लामा खोरेत विरुद्धको खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि प्रत्येक जिल्लामा खोप पुगिसकेको छ । दश जिल्लामा छ लाख ५२ हजार पाँच सय डोज खोप वितरण भएको कृषि मन्त्रालयको तथ्यांक छ । रुपन्देहीमा गएको आर्थिक वर्षमा एक लाख ५० हजार डोज खोप लगाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले बताए । यो वर्ष आएको ७५ हजार डोज खोप लगाउने तयारीमा रहेको भुसालले बताए ।

    १६ वटा स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरको सहयोगमा खोप अभियान सुरु हुने छ । त्यसका लागि रुपन्देहीमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटरलाई खोप अभियान सुरु हुनुपूर्व तालिमको व्यवस्था गरेको कार्यालय प्रमुख भुसालले बताए । कार्यालयले रुपन्देहीका सबै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा पशु प्राविधिकहरूको सहभागितामा खोरेत रोग उन्मुलन अभियान कार्यक्रम सञ्चालन गरेको थियो । गोष्ठीमा सहभागीले एक आपसमा दुई तहका सरकार र मातहतका कार्यालयले रोग नियन्त्रणका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

    सीमित श्रोत साधन र जनशक्ति अभावले लक्ष्य अनुसारको प्रगति हासिल गर्न भने समस्या आइरहेको प्राविधिकले गुनासो गरे । रुपन्देहीमा करिब ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाका छ । जहाँबाट सजिलै चौपायाको अवैध ओसार पसार हुन्छ । यस्ता अवैध क्रियाकलाप नरोकिँदासम्म  रुपन्देहीमा खोरेत रोग नियन्त्रण गर्न समस्या हुने पशु प्राविधिकहरूले बताएका छन् । सुरक्षाकर्मी, स्थानीयवासी तथा सरोकारवाला निकाय सबैको समन्वयमा खोरेत रोग नियन्त्रणका कार्य हुनुपर्ने विज्ञहरूको सुझाव थियो ।

    खोरेत रोगका कारण पशु तथा पशुजन्य उत्पादनमा कमी आइरहेको छ । पशुपालक किसानले यसबाट ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् । क्षति कम गर्न सार्क राष्ट्रहरूबाट सन् २०२० सम्ममा खोरेत रोग नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको थियो । त्यसै अनुरूप नेपालमा खोरेत रोग नियन्त्रण रणनीति सन् २०१५ देखि २०२५ सम्म लागू भएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.