• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : ‘राजतन्त्र फर्काउने भ्रम त्यागौं’

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताए ।

    ‘राजालाई हामीले नबोकेको हो ? भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उनले भने, ‘राजाले कांग्रेसको काँधमा बस्ने अनि लोकतन्त्रमाथि प्रहार गरेको पनि देखियो । अहिलेको व्यवस्था ठीक छ । कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेशको सम्मान र स्वाभिमान बढेको छैन ? भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान र स्वभिमान बढेको छैन ? राजतन्त्र फर्काउनु भनेको यो देशमा कहिले दलितको छोराले राष्ट्रपति बन्न नपाउनु हो ।’

    उनले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गरे । राजतन्त्र फर्कने र अन्य कुनै राजनीतिक व्यवस्था ल्याउने सपना नदेख्न उनले आग्रह गरे । यस्तै, एक दलीय कम्युनिस्ट व्यवस्थामा जान कोही पनि तयार नहुने बताए  । कम्युनिस्ट शासनले देश बनाउन नसक्ने उनले बताए । जसको उदाहण उत्तर कोरिया भएको बताए । यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट पनि देशको विकास हुन नसक्ने उनको भनाइ छ ।

    ‘संसदीय लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीले जबरजस्ती गरेर दुईपटक संसद विघटन गरेको होइन ?’ उनले प्रश्न गरे, ‘एउटा व्यक्तिमा सम्पूर्ण अधिकार र शक्ति केन्द्रित गर्दा के हुन्छ ? अहिलेको संसदीय व्यवस्थामा केही कमजोरी र खराबी छन् । यसलाई सुधार गरेर जानुपर्छ ।’

    उनले अहिलेको व्यवस्थाले सबैलाई समेट्ने बताए । ‘यो व्यवस्थामा राजतन्त्र जिन्दावाद र गणतन्त्र मुर्दावाद भन्न पनि पाइन्छ,’ उनले भने, ‘बन्दुक बोक्ने प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । पञ्चायत जिन्दावाद भनेर हिँडेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’ उनले व्यवस्था ठीक भएको र अब अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।

    आफू महामन्त्री भएपछि विगतमा गरेका वाचा पूरा गर्न प्रतिबद्ध भएको उनको भनाइ थियो । उनले विगतमा ठूला राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.