परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्तापश्चिम) ले विभिन्न मुद्दाका ६० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
९ दिनको अवधिमा जिल्लाको विभिन्न स्थानबाट ६० जना पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार प्रहरी नायब निरिक्ष प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बुधबार मात्रै २ जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना कुटपिट अंगभंग मुद्धामा फरार अभियुक्त छन् भने एक जना गाली बेइजती मुद्धामा फरार अभियुक्त छन् ।








