• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तनहुँमा धान उत्पादन घट्यो

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ ।  कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत वर्षको तुलनामा १६.४५ प्रतिशत  धान उत्पादन घटेको हो ।

    यो वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ प्रकृति न्यौपानेले जानकारी दिइन् । १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानवाली लगाईएको थियो ।  १२५ हेक्टरमा लगाइएको धानखेतीमा बाढी पहिरो र वर्षाले क्षति पुर्‍याएको थियो ।

    गत वर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको न्यौपानेले जानकारी दिइन् । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको छ ।

    बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनी धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यसपाली धान रोप्नेवित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाको कारण उत्पादन घटेको हो । अर्कोतर्फ वर्षेनी धान लगाउने क्षेत्रफल घट्दा उत्पादन स्वत: कम हुदैँछ’, उनले भने । तिवारीका अनुसार गाउँका टारी खेत जनशक्ति अभावमा बाझिएका छन् ।

    राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुदाँ लहलह धान झुल्नुको सट्टा बडेमानका कंक्रिटका घर ठडिएको तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउएर भन्दा घडेरीमा विक्री गर्दा राम्रो मुल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्’, उनले भने । सरकारले भूमि सम्बन्धी नीति बनाएर खेतीयोग्य भूमिमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनी धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने उनको भनाइ छ ।

    चैते धान उत्पादन भने यो वर्ष बढेको छ । कार्यालयका अनुसार यो वर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाईएको थियो । १६ हजार ८९८ मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा लगाईएको चैते धान ११ हजार ३१  मेट्रिक टन उत्पादन भएको थियो ।

    जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँट धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मंसुली, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् ।

    टाइसिन, बासमती लगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कृषि अर्थ विज्ञ न्यौपानेले बताइन् । ‘घरमा उपभोग गर्नलाई मात्रै रैथाने जातका धान लगाएको पाइन्छ’, न्यौपानेले अगाडी थप्दै भनिन्, ‘कम उत्पादन हुने हुदाँ किसानको आकर्षण उन्नत जातमा बढेको छ ।’

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.