• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘एक विद्यालय एक नर्स’ प्रभावकारी बन्दै, विद्यालयमै नि:शुल्क प्याड

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अछाम । स्कुलमा पढाइ भइरहेकै बेलामा टाउको, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । अति भएमा नजिकैकाे स्वास्थ्य केन्द्र पुग्छन् ।

    मंगलसैन नगरपालिका-९ वलिगाउँमा रहेको मंगला नेरा माविका छात्राले यस्तै समस्या भाेग्थे । तर, सुदूरपश्चिम सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने सहज भएकाे छ ।

    मंगला नेरा मावि कक्षा १० मा अध्ययनरत छात्रा सृजना रावलले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताइन् ।

    पहिले रजस्वला हुँदा विद्यालयमा प्याड नपाउदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरी प्याड पाउँदा सहज भएको उनले बताइन्  ।  पहिले स्थानीय स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको थियो । अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा सहज भएको छ ।

    सृजना मात्र नभइ सोही विद्यालयमा अध्ययनरत माया भण्डारी पनि विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउँछिन् । ‘विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडी बसेका साथीले जिस्क्याउने गर्थे,’ उनले भनिन्, ‘तर अहिले विद्यालय नर्सले जस्तो सुकै समस्या आउँदा पनि औषधि उपचारका साथै सामाग्री वितरण गर्ने भएपछि सजिलाे भएकाे छ ।’

    विशेष गरेर किशोरीले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नु पर्ने अर्को समस्या थियो । महिनावारीकै कारण धेरै दिन पढाई छुट्दै आएको थियो ।

    करिब २ वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर भण्डारीले बताए  । एक विद्यालय एक नर्सकार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै  समग्र विद्यालयको प्रगति भएकाे उनले बताए ।

    विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यानदिन थालेको उनको भनाइ छ । शौचालय गएपछि साबुन पानीले हातधुने बानीको पनि अभ्यास भएको छ। उनले महिनावारी भएको समयमा विद्यालय आउने छात्राको तुलनामा बढ्दै गएको पनि जानकारी दिए  ।

    कार्यक्रम सञ्चालनमा आए सँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरि हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको स्कुल नर्स निशा रावलको भनाइ छ ।  ‘यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भनिन्, ‘विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् ।’

    महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएको बताउनुभयो । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएको स्कुल नर्स रावलको भनाइ छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.