• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

भाेककाे आगाेले गिट्टी कुट्न बाध्य मुगुका महिला

  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु ।   पुसकाे चिसाे । घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन । तर, मुगु छायाँनाथ रारा नगरपालिका-५ ढुमगाउँका दलित महिला बिहान उज्यालाे हुँदा नहुँदै हातमा हथाैडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन् । याे दैनिक उनीहरूकाे अहिले मात्रै हाेइन । के जाडाे के गर्मी, हरेक माैसममा उनीहरू उज्यालाे हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन् । यही कामबाट उनीहरूले वर्षाैदेखि परिवार पालिरहेका छन् ।

    ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउ, के गरु, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन । सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै ।तर पनि बर्षाैदेखि उनी यही काम गर्न बाध्य छिन । यस्ताे बाध्यता रन्नादेवीलाई मात्रै हाेइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन् ।

    विशेषगरी छायाँनाथ रारा नगरपालिकाकाे थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाकाे जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेकाे छ । छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन् ।कामीले भनिन्, ‘गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ । यही आम्दानीले घर खर्च, छोराछोरीकाे पठनपाठन गरिरहेकी छु ।’ उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेकाे बताइन् ।

    ४० वर्षीया रन्नदेवि विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेकाे बताइन् । ‘हाम्रो रोजगारी भनेकै यही हो । श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाकाे २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनका श्रीमान नारायण सिंह कामीले भने ।

    बालमन्दिर आधारभुत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमाकाकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन् । उनी पनि रहरले गिट्टी कुटन आएकी होइनन् । पढाई खर्चको जाेहाे गर्न आएकाे बताइन् । उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जाेहाे गरेकाे बताइन् । घरबाट गिट्टी कुट्न निस्कदा हथाैडा बोकेर निस्कुन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन् । त्यो देखेर आशु झर्ने गरेकाे उनले सुनाइन् ।

    मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पिन काम गर्न बाध्य छन् । निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन् । उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.