• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पधेरा सुकेपछि ठाउँठाउँमा ‘रिचार्ज पोखरी’, खडेरीमा पनि पानी लिन टाँढा जानु परेन

  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । करीव तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो  । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।

    तर गतवर्ष ठूलो खडेरी लाग्दापनिपानी नसुकेपछि स्थानीय दंग छन् । स्थानीय युवा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार समेत रहनुभएका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा शुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन् । “दुई तिनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन ।” स्थानीय जिव बहादुर दमाइले भने ।

    नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि शुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीनदर्जन भन्दा बढी स्थानमा साना ठूला पोखरीहरु निर्माण गरेको थियो । अफुहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्ण प्रसाद भुसालको भनाई छ । त्यतिवेला विभिन्न व्यक्तिहरुको करीव १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो । बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भन्नका लागि आफुहरुले अभियान शुरु गरेको भुसालले बताए ।

    दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे । भुसाल दाजुभाईको प्रस्तावमा सहमत जनाउदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्यो । अनि लायन्स क्लव अफ अर्घाखाँची संगको समन्वयमा दश घर एक पोखरी अभियानले करीव १ लाख रुपियाँ जम्मा गर्न सफल भयो । अहिले यही पैसाबाट पोखरीहरु निर्माण भैरहेका छन् ।

    देउसीबाट संकलन भएको पैसा मध्येबाट करीव ५० हजारको लागतमा चारओठा ठूला र एकओटा साना पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए । “अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं ।” भुसालले न्यूज कारखानासंग भने “हामीले खनेका पोखरीहरुका कारण हिउँदमा मुलहरु सर्सिउन भन्ने हाम्रो एकमात्र चाहना हो ।”

    विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित भुसाल बन्धुहरुले दशघर एक पोखरी अभियानको कल्पना गरेका थिए । “शुरुशुरुमा त सरकारी पैसा खाने यीनीहरुको मेसो हो भन्ने बुझाई थियो । पैसा नखाई यीनीहरु किन पिरिमा कुद्थे पनि भन्ने गरेका थिए ।” नेपाल हर्ट फउन्डेसनका अध्यक्ष समेत रहेका अभियन्ता कृष्ण भुसालले भने “पछिल्लो समय स्थानीयहरुले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं ।”

    स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए । “ठ्याक्कै हामीलाई नै सहयोग आओस् भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारहरुबाट वडावडामा अभियानकै रुपमा पोखरीहरु निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो । यसरी स्थानीय सरकारहरु अगाडी बढे हामीले सहयोग गर्नेथियौं ।” भुसालले भने ।

    दश घर एक पोखरी अभियानको विषयमा आफुले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए । “उहाँहरुसंग सहकार्यको अवस्था त वनिसकेको छैन तर रिचार्जपोखरी निर्माणमा हामीले शुरुदेखी नै काम गरिरहेका छौं ।” विकले भने । आफुहरु निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडाहरुमा रिचार्ज पोखरी निर्माणको लागि एक एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको विकको भनाई छ ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.