चितवन: जिल्ला ट्राफिक प्रहरीले होली पर्वका अवसरमा चितवनमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ सय ३० सवारीसाधनलाई कारवाही गरेको छ ।
ट्राफिकले होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो । कारवाही पर्नेमा २सय ३० दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान देखि साँझ सम्म विभिन्न स्थानमा विशेष जाँचको व्यवस्था गरेको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले होलीको समयमा ठूला दुर्घटना नभएको जानकारी दिनुभयो ।








