• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । ४ वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम शुरू भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रू. ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ ।

    थप रू। ४ करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि ४ लाख पटक बीमा दाबी भएको तथ्यांक रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आउनुभएका लीलाधर पौडेलका अनुसार विसं २०७४ साल भदौ १ गतेबाट यहाँ स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । शुरूमा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ ।

    उनका अनुसार भरतपुर अस्पताल धेरै स्वास्थ्य बीमामार्फत बिरामीको उपचार गर्ने देशकै तेस्रो अस्पताल हो । नोबल र लुम्बिनी मेडिकल कलेजपछि भरतपुर अस्पतालले धेरै बीमाका बिरामी उपचार गर्दै आएको छ । पौडेलका अनुसार पहिलो वर्ष रू. ३ करोड २ लाख ३२ हजार आम्दानी बीमाबाट भएको थियो ।

    आर्थिक वर्ष २०७५र७६ मा रू. १६ करोड ६७ लाख ७३ हजार, २०७६र७७ मा रू. २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा रू १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो । चालू आर्थिक वर्षमा रू. २५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको पौडेलको अनुमान रहेको छ । गत महीना अस्पतालले रू। ३ करोड ९१ लाख स्वास्थ्य बीमा बोर्डसँग दाबी गरेको पौडेलको भनाइ छ ।

    यस हप्ताको आइतवार भरतपुर अस्पतालमा आएका कुल बहिरङग बिरामीमध्ये ७३४ जना बीमाका रहेका थिए । सोमवार यो संख्या ६२० रहेको थियो । सोमवार बीमा बाहेकका बहिरङगको टिकट काट्नेको संख्या ३२७ मात्र थियो । अन्य बिरामीभन्दा झन्डै दोब्बर बीमाका हुने गरेका छन् । पछिल्लो समय अस्पतालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बोर्डमा दाबी र भुक्तानीमा पनि ताकेता गरिएको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बीमा बोर्डबाट सेप्टेम्बरमा रू। ४ करोड ५२ लाख, अक्टोबरमा रू। १ करोड १० लाख, नोभेम्बरमा रू. १२ लाख ५३ हजार र डिसेम्बरमा रू. ८ करोड ६६ लाख भुक्तानी भएको जानकारी दिए ।

    बीमाका बिरामीलाई अन्यत्र जानु नपर्ने गरी अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको उनको भनाइ छ । बिहान ८ : ३० बजेबाटै बहिरङग सेवा शुरू गरिएको, दिउँसो ५ बजेसम्म शल्यक्रिया सेवा सञ्चालन गरिएको पौडेल बताउँछन् । उनले भने, ‘जनशक्ति र स्थानका अभावमा सोचेजति गर्न नसके पनि बीमाका बिरामीलाई अधिकतम सुविधा दिने काममा हामी लागि रहेका छौं ।’

    पहिले–पहिले बहिरंग सेवा भीड हुँदा र शल्यक्रियाका लागि लामो समय पालो कुर्नु पर्दा बिरामी बाहिर लिएर अन्य बीमा कार्यक्रम लागू भएका अस्पतालमा जान बाध्य थिए । बीमा कार्यक्रम प्रभावकारी हुँदै गर्दा अस्पतालको आम्दानीको मुख्य स्रोत बन्दै गएको छ ।

    अस्पतालले वार्षिक रू. ५० करोड हाराहारी आम्दानी गर्दै गर्दा बीमाको अंश झन्डै आधा हुने गरेको अस्पतालले जनाएको छ । चितवन र पूर्वी नवलपरासीका बिरामी बीमा कार्यक्रमका लागि भरतपुर अस्पताल आउने गर्छन् । यो अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्छन् ।

    स्वास्थ्य बीमा कार्यक्रममार्फत लिइने सेवामा सबैभन्दा बढी बहिरंग सेवा हुने गर्छ । बीमाबाट बिरामीले लिने सुविधामध्येमा सबैभन्दा बढी पेटको औषधि लिइएको बोर्डले जनाएको छ । नेपालमा सामाजिक सुरक्षा कार्यक्रम विसं २०७२ बाट शुरू भएको हो ।

    • भरतपुर अस्पताल

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.