हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध मुद्दामा फरार एकजना पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पठाएको छ ।२०७६ माघ ११ मकवानपुर प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१० मा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिगएको टोलीले मनहरीबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्दा बसमा १० किलो ५६० ग्राम लागू औषध गाँजा बरामद गरेको थियो । उक्त गाँजा ओसार पसारमा संलग्न झापाको मेची नगरपालिका –७ बस्ने ३८ बर्षीय दिपक ढुङ्गेल फरार रहेको थिए ।फरार रहेका उनलाई काकडभिट्टा बजारबाट पक्राउ गरेर ल्याई आवश्यक कारवाहिको लागी जिल्ला अदालतमा बुझाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन ।








