• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ ।

    पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका-५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद रहेको भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका ब्यापारीहरूसमेत आन्दोलित भएका थिए ।

    मृतक महतो बयलवास बजार क्षेत्रका फेन्सी पसल सञ्चालकसमेत हुन् । घटनालगतै उग्र बनेका स्थानीय प्रहरी र इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुंगामुढा गर्दै तोडफोडमा उत्रिएपछि गत मंगलबारबाट स्थानीय प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । बुधबार दिनभर लालबन्दीस्थित इलाका प्रहरी कार्यालय परिसरमा भएको छलफलबाट ६ बुँदे सहमति भएको थियो ।

    स्थानीय प्रशासन र पीडित परिवारबीच भएको छलफल कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको हो । छलफलमा भएको सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । बिहिबार सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको छ ।

    बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्नेलगायत ६ बुँदे सहमति भएपछि आन्दोलन भने रोकिएको छ । सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार नै पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    लगातार थपिएको निषेधाज्ञाका कारण बयलवास क्षेत्र सुनसान बनेको छ । बजार क्षेत्रका ब्यापार व्यवसाय बन्द भएपछि उद्योगी व्यापारीहरू मारमा परेका छन् । प्रशासनले निषेधाज्ञा लगाए पनि कुनै पनि बेला झडपका घटना हुन सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् ।

    निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारको बिचल्ली भएको स्थानीय ठेला ब्यवसायी विकाउ साहले बताए । ‘यतिको लामो समय बजार बन्द भएको हामीलाई थाहा थिएन,’ उनले भने, ‘बजार बन्द भएपछि दैनिक ज्यालादारी गरेर गुजारा गर्ने हामी के गर्ने ?’ तथापि घटनाको निष्पक्ष छानविन हुनुपर्ने उनीहरूको माग छ ।

    परिवारले शव बुझेन

    घटनाको पाँच दिन बितिसक्दा पनि पीडित परिवारले महताेको शव बुझेका छैनन् । महतोको शव अहिले पनि जिल्ला अस्पतालल मंलगवाको शवगृहमा छ । मंगलबार अबेर भएको सहमतिअनुसार शव बुझेर पीडित परिवारले अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रहरीको भनाइ छ । तर, परिवारजनले सहमति उल्लंघन गरेको उनीहरूका भनाइ छ । प्रहरीका अनुसार गत बुधबार भएको सहमतिपछि बिहीबार मृतकका परिवार शव बुझ्न भनेर मलंगवा पुगेका थिए । तर, पछि त्यसै फर्किएका छन् । मृतकका परिवार चालकविरुद्ध जाहेरी दिन र शव बुझ्न भनेर आए पनि पछि अचानक त्यसै फर्किएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    विभिन्न प्रहरी युनिट तथा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत थप मद्दतमा ल्याएका प्रहरीहरूको कठ्यांग्रिदो चिसोमा बिजोग हुन थालेको छ ।बिहीबार मात्रै बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरिसकेको छ ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र संघीय प्रहरी एकाइ कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    प्रहरीका अनुसार गत आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका-७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना४३प ५०१८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका-५, सखुबनी खुबलाल टोलका ३० वर्षीय महतोको मृत्यु भएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.