अर्घाखाँची । अर्घाखाँचीको ८९ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका ८९ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि अर्घाखाँची जिल्ला जनस्वास्थ्य कार्यालयले घर पठाएका हुन् । सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र मावि हटारीनेटामा रहेको आइसोलेसनबाट ५१ जना र शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना गरी ८९ जना घर फर्किएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।








