• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गौरवको आयोजना तिनाउ–दानव कोरिडोर अनिश्चित, स्थानीयको अवरोध जारी

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । महत्वाकांक्षी परियोजना मानिएको तिनाउ दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको काम २५ प्रतिशत पनि पूरा नहुँदै अवरोध हुन थालेपछि अनिश्चित बनेको हो । यो मुलुकको राष्ट्रिय गौरवको आयोजना हो । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुवैतर्फ बाइपास सडक बनाउने छ ।

    एकातिर स्थानीयको अवरोध र अर्कोतर्फ सडकले जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले उच्च अदालत तुलसीपुरमा दायर गरेको मुद्दामा अदालतले जारी गरेको अन्तरिम आदेशका कारण आयोजना अगाडि बढ्नेमा अन्यौल भएको हो । हाइड्रो एण्ड इलेक्ट्रिक लिमटेडले बुटवल–१३ मा सडकले आफ्नो जग्गा मिचेको भन्दै मुद्दा हालेको थियो । त्यस्तै स्थानीय टेकबहादुर श्रेष्ठले पनि बुटवल–१४ मा आफ्नो जग्गा मिचिएको भन्दै दायर रिटमा पनि अदालतले अन्तरिम आदेश दिएको थियो । दुवै मुद्दाको  अन्तिम किनारा नलागेसम्म निर्माणको काम अन्यौलमा पर्ने देखिएको छ ।

    पुस ४ गतेदेखि आन्दोलन सुरु गरेका स्थानीयले अहिले पनि आफ्ना कार्यक्रम जारी राखेका छन् । आफूहरुलाई विकल्प दिएर मात्र आयोजना अघि बढाउन माग गर्दै स्थानीयले हरेक दिनजसो प्रदर्शन गरेका थिए ।

    स्थानीयले आयोजना अघि बढे आफूहरुको उठीबास हुने भन्दै अवरोध सिर्जना गरेकाले निर्माणको काम अहिले अवरुद्ध छ । तिनाउ र दानव नदी छेउँमा तटबन्धसहितको कोरिडोर निर्माणका लागि गतवर्षदेखि सरकारले काम सुरु गरेको थियो ।

    तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको यो आयोजना मुलुककै नमूनाको रुपमा रहेको छ । तिनाउ र दानव कोरिडोर सडक निर्माणले बुटवलदेखि मर्चवारसम्मलाई जोड्ने छ । दुवै नदीमा नगरी करिव ५० किलोमिटर पर्ने आयोजनाका लागि चार अर्व १३ करोडको लागत अनुमान गरी पहिलो चरणमा एक अर्व ३५ करोड रकम छुट्टयाइएको थियो ।
    तर स्थानीयले कोरिडोरबाट क्षति हुने घर जग्गाधनीहरुलाई उचित ठाउँमा व्यवस्थापन नगरेसम्म र उचित क्षतिपूर्ति नदिएसम्म आयोजना अघि बढ्न नदिने भन्दै संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । जसका कारण आयोजना अन्यौलमा परेको हो । संघर्ष समितिका अध्यक्ष आत्मराम रानाले आफूहरुको उचित व्यवस्थापन र क्षतिपूर्ति नदिएसम्म काममा अवरोध गरिने बताए ।

    डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिलेसम्म बस्ती नभएको क्षेत्रमा करिव २० प्रतिशत काम सकिएको छ । “स्थानीयको अवरोध नहुने हो भने चालु वर्षमै धेरै काम गर्न सकिन्छ, तर अवरोधका कारण आयोजना लम्बिने संकेत देखिएको छ”–डिभिजन प्रमुख जयलाल मरासिनीले भने ।

    आयोजना अगाडि बढाउँदा स्थानीयलाई नहटाइने, बस्ती भएको ठाउँमा उनीहरुको व्यवस्थापन गर्ने जानकारी आफूहरुले स्थानीयलाई दिएको तर पनि स्थानीयले अवरोध जारी राख्दा काममा बाधा पुगेको उनले बताए । “विकासका काममा राजनीति गरेको जस्तो देखिएको छ, यसरी आयोजना अगाडि बढाउन समस्या हुन्छ, विकास निर्माणको अवरोधले स्थानीयलाई नै फाइदा गर्दैन”–उनले भने ।

    डिपिआर भैसकेको मध्ये पहिलो चरणमा तिनाउतर्फ आठ र दानव नदीतर्फ तीन किलोमिटर सडक निर्माणको लागि गतवर्ष ठेक्का सम्झौता भएको थियो । नदी किनारमा विकास भैरहेका मानव बस्ती तथा ठूला शहरहरुलाई जोड्ने तथा यातायातको सहज पहुँच वृद्धि गर्ने यो आयोजनाको उद्देश्य छ ।

    तिनाउ कोरिडोर अन्तर्गत जिरो प्वाइन्ट (तिनाउ र दानव नदी छुट्टिएको ठाउँ) देखि मगरघाटसम्मको नदी किनारको दुवैतर्फ सडक निर्माण हुनेछ । पहिलो चरणको ठेक्का ३६ महिनामा काम सक्ने गरी किराँतेश्वर मैनाचुली अविसा जेवीले पाएको छ ।

    दानव कोरिडोरमा बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँसम्म सडक निर्माण हुनेछ । २७ महिनामा काम सक्ने गरी यसको १९ करोड ४२ लाख रुपियाँमा लामा बानियाँ जेवीसँग सम्झौता भई काम सुरु भएको छ । २२ मिटर चौडाईको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात रुखहरु रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटर सडक संरचना हुनेछ । सात मिटर कालोपत्रेले समेट्ने छ । सडकको दुवै किनारमा दुई–दुई मिटरको फूटपाथ हुनेछ । आधा आधा मिटरको नाली हुने छ ।

    सडक निर्माणका क्रममा ५५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन, १४७ वटा विद्युत पोल, कृषि कुलो दुईहजार मिटर र मठ मन्दिर १२ वटा प्रभावित हुने डिपिआरमा उल्लेख छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.