• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    इलाम । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र पैसा सकिएपछि फेरि विदेशीभूमि चाहर्नेको संख्या कम हुन सकेको छैन । तर, इलामका केही युवा भने वैदेशिक रोजगारीबाट फर्किएपछि मुलुकमा नै स्वरोजगार बन्न थालेका छन् ।

    यस्तै मध्येका एक हुन् इलाम माई नगरपालिका–८ का सविन राई । उनी सात वर्षको वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालनमा लागेका छन् । वैदेशिक रोजगारीको क्रममा बिरामी परेका राई बिदामा घर आएका थिए । विदेशबाट आउँदा उनले खासै पैसा ल्याउन सकेनन्, अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो । फेरि रोजगारीको लागि विदेशै जाने सोचमा रहेका उनले युवा सशक्तीकरण समूहमार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा पाए ।

    उद्यमशील विकास तालिममा सहभागी भए । उद्यमशीलता तालिममा सहभागी भएका राईले बंगुर पालनसम्बन्धी सीप विकास तालिम पनि लिए । सीप विकास तालिमपछि उनले व्यवसाय गर्नको लागि १२ हजार रुपैयाँ सहयोग पनि पाए । १२ हजार रुपैयाँमा दुई वटा बंगुरको पाठा किनेर व्यवसाय सुरु गरे । । त्यसमा इष्टमित्र आफन्तसँग केही रकम ऋण लिएर व्यवसाय बढाए । दुई वर्षअघि व्यवसाय सुरु गरेका राईसँग अहिले ३० वटा बंगुर छन् । उनी मुख्यतया बच्चा उत्पादनको लागि माऊ पाल्छन् ।

    छिटपुट मासुको लागि समेत बंगुर पाल्छन् । लामो समय वैदेशिक रोजगारीमा भौँतारिएका राई अहिले गाउँर्मा स्वरोजगार भएका छन् । विदेशभन्दा गाउँमै बैगुर पालन गर्दा राईलाई आनन्द छ  । ‘विदेशमा बिरामी हुँदा पनि बिदा नपाइने, दिएजति काम गर्नै पर्ने त्यो भन्दा त गाउँमा बंगुर पाल्दै आनन्द छ,’ राईले भने, ‘वर्षको ५–६ लाख रुपैयाँ कमाइ भइहाल्छ, आफ्नो काम ग¥यो यही ठिक छ ।’

    ताप्लेजुङ सिदिङवा गाउँपालिकाकी रञ्जना राईले अहिले इलामको माई नगरपालिका–९ चिसापानीमा बंगुर पालन गरेर बसेकी छिन् । जग्गा भाडामा लिएर उनले बंगुर पालन व्यवसाय थालेकी हुन् । रञ्जनाका श्रीमान दिलबहादुर राईले दुई पटक गरेर सात वर्ष वैदेशिक रोजगारीको लागि कतारमा बिताए । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि दिलकुमार स्वदेश फर्किए ।

    श्रीमान विदेशमा हुँदा घरायसी काममा नै समय बिताएकी रञ्जनाले पनि युवा सशक्तीकरण समूहमा आबद्ध भएर सीपमूलक तालिम पाएपछि बंगुर पालन सुरु गरेकी हुन् । सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रममार्फत १२ हजार रुपैयाँ सहयोग पाएपछि रञ्जनाले बंगुर पालन सुरु गरिन् । त्यसमा वित्तीय संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ ऋण लिएर उनले व्यवसाय बढाइन् । एक वर्षअघि व्यवसाय थालेकी रञ्जनाले १२ वटा बंगुर बेचिसकिन । त्यसबाट दुई लाख रुपैयाँ आम्दानी भएको उनले बताइन ।

    बंगुर पालनबाट भएको आम्दानीले व्यवसाय गर्दा लिएको ऋण घटाउँदैछिन् । सुरुमा मासुको लागि बंगुर पाल्न थालेकी उनले अहिले बच्चा उत्पादनको लागि माऊ पाल्न थालेकी छिन् । ‘मासुभन्दा पाठाको बजार राम्रो रहेछ, त्यसैले अहिले माउm पाल्न थालेका हौ,’ रञ्जनाले भनिन्, ‘गर्न सक्दा बंगुर पालनबाट ठिकै आम्दानी हुँदो रहेछ ।’

    सविन र दिलकुमार उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीबाट आएपछि मुलुकमा नै उद्यम गर्ने क्रम बढ्न थालेको छ । मानव अधिकार मञ्चले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यही स्वरोजगार बन्नको लागि सीप विकास र सहयोग गर्दै आएको छ । सीप सिकेपछि युवाहरू स्वरोजगार बन्न थालेका हुन् ।

    मञ्चले जर्मन सरकार र एडब्लुओको साझेदारीमा सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रम सञ्चालन गरिरहेको छ । सुरुमा इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रम अहिले माइजोगमाई र चुलाचुली गाउँपालिकामा समेत विस्तार गरिएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रममा तीन सय ५६ जनाले सीप विकास तालिम लिएर उद्यम गरिरहेको कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिए । कार्यक्रमअन्तर्गत ६ सय ६४ जनालाई उद्यमशीलता तालिम गराइएको थियो ।

    सीप विकास तालिम लिएकामध्ये धेरै जनाले उद्यम गरिरहेको मगरले बताए । ‘तालिम लिएकामध्ये अधिकांशले तालिम अनुसारको व्यवसाय सञ्चालन गरिरहेका छन्,’ मगरले भने, ‘कसै कसैले मात्रै व्यवसाय गरेनन् ।’ मञ्चले सीप विकास तालिम गराएर व्यवसाय गर्न इच्छुकलाई पालिकाहरूले समेत सहयोग गरेको मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् ।

    ‘इलामको माई नगरपालिकामा हामीले लिएको लक्ष्यभन्दा बढीले सीप विकास तालिम लिए, व्यवसाय गर्न चाहाने आधालाई हामीले सहयोग गर्यौ, आधालाई माई नगरपालिकाले सहयोग ग¥यो,’ कार्यकारी निर्देशक विश्वकर्माले भने, ‘त्यहाँ हाम्रो लक्ष्यभन्दा दोब्बरलाई सीप विकास तालिम र सहयोग मिलेको छ ।’ कार्यक्रमअन्तर्गत युवाहरूलाई वेमौसमी तरकारी खेती, बाख्रा बंगु्र, गाईभैसी पालनसम्बन्धी सीपपमुलक तालिम गराइन्छ । व्यवसाय गर्न चाहानेलाई युवालाई १२ हजार चार सय रुपैयाँ सहयोग उपलब्ध गराइन्छ ।

    वैदेशिक रोजगारीबाट फर्किएका वा जाने सम्भावना भएका युवाहरूको सशक्तीकरण समूह गठन गरिन्छ । पालिकास्तरमा सशक्तीकरण समूहकै प्रतिनिधि रहेको युवा सशक्तीकरण सञ्जाल गठन हुने गरेको छ । सोही सञ्जाल र सशक्तीकरण समूहमार्फत युवाहरूलाई सीप सिकाएर उद्यम गर्न अभिप्रेरित गर्ने गरेको मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । उनीहरूले गाउँगाउँमा सुरक्षित आप्रवासन, मानव बेचबिखन  र स्वरोजगार बन्नको लागि यु्वरामा सचेतना फैलाउँछन् । कतिपय ठाउँमा सशक्तीकरण समूहले सामाजिक कुरीतिविरुद्ध पनि काम गर्दै आएको विश्वकर्माले बताए ।

    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.