• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२० वर्षमा निर्माण भएकाे विमानस्थल सेल्फी स्पर्ट बन्याे, हवाइ उडानको छैन टुंगाे

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले यहाँका बासिन्दाको लागि घुमघाम गर्ने ठाउँ बनेको छ । विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरु बाक्लै भेटिन्छन् । विमानस्थल घुमघाम गरेर दिन कटाउने अनि सेल्फी स्पर्ट बनेकाे छ ।

    फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण पूरा भएको पाँच महिना बितिसक्यो । लामो समयको प्रतिक्षापछि निर्माण पूरा भए पनि उडान सुरु हुन सकेकाे छैन ।

    फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेकाे २० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ मै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको १० वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको १० वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो । यत्तिको लामो समय पर्खिएर पूरा भएको विमानस्थलमा उडान नहुँदा स्थानीय निराश भएका हुन् ।

    विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी थियो । तर, हालसम्म उडान निश्चित भएको छैन । उडान सुरु भए इलामको पर्यटनको विकासमा पनि सहयोग पुग्नेछ । ‘देशको विभिन्न पर्यटकीय क्षेत्रबाट हस्तामा एउटा-एउटा मात्रै उडान हुने हो भने इलाममा पर्यटको फ्लो बढ्थ्यो,’ होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले भने, ‘एयरलाइन्स कम्पनीलाई सेवा सुविधा दिएर भए पनि उडानको व्यवस्था मिलाउनुपर्छ ।’

    इलाम पर्यटकीय क्षेत्र भए पनि लामो यात्रा गर्नुपर्ने कारण पर्यटकले इलाम आउन चाहना नगर्ने पौडेलको भनाइ । सडक यात्राको लागि लामो दूरीमा पर्ने इलाममा निर्माण भएको विमानस्थल सञ्चालनमा नहुँदा पर्यटनमा असर पुगिरहेको छ । ‘कोभिडको प्रभाव नहुँदा समेत इलाममा पर्यटकको आवगमन घटेको थियो,’ पौडेलले भने,‘इलाममा पर्यटक भित्र्याउन चाडै नै विमानस्थल सञ्चालन हुनुपर्छ ।’

    विमानस्थल सञ्चालन गर्न इलाम नगरपालिकाले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ताकेता गरिरहेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । ‘तीन दिन अघि मात्रै हामीले मन्त्रालयको सचिवलाई यसको विषयमा कुराकानी गरेका छौँ,’  बस्नेतले भने, ‘मन्त्रालयले सेवा प्रदायकसँग कुरा गर्नुहोस् भनेपछि हामीले एयरलाइन्स कम्पनीसँग पनि कुरा गरेका छौँ ।’

    एयरलाइन्स कम्पनीले उडानका लागि निश्चित समय साझेदारीको अपेक्षा गरेको बस्नेतले बताए । एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थबाट उडान दिगो नहुञ्जेलसम्मका लागि साझेदारीको अपेक्षा गरेकाले सरोकारवालासँग सुझाव माग गरेको बस्नेतले जानकारी दिए । ‘हामीले ट्राभल एजेन्सी, उद्योग वाणिज्य संघ लगायतका संघसंस्थासँग छलफल गरेर सुझाव मागेका छौँ,’ उनले भने, ‘उहाँहरूबाट साझेदारी गर्नु उचित हुन्छ भन्ने सुझाव आयो भने नगरपालिका पनि केही लगानी गर्न तयार छ ।’

    विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाई पार्कीङसमेत कालोपत्रे भइसकेको छ । आठ करोड ४० लाखको लागतमा धावनमार्गको कालोपत्रे गरिएको हो । धावनमार्ग, कन्ट्रोल टावरसहित ट्याक्सी र हवाइ पार्किङको निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले काम पूरा गरेर नागरिक उडढ्यन प्राधिकरणलाई हस्तान्तरण गरिसकेकाे छ ।

    सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल बनाइएको हो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलबाट थोरै यात्रु बोक्ने विमानले उडान भर्न सक्छ । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा सुरु भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका बासिन्दालाई हवाइ यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.