• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रहरीले चलाएको रबरको गोली लागि सिके राउत नेतृत्वको पार्टीका पाँच जना घाइते

  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा अवरुद्ध सडक खुलाउने क्रममा प्रहरीले रबरको गोली चलाएको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

    पूर्व घोषित कार्यक्रम अनुसार जनमत पार्टीका करिब दुई दर्जन कार्यकर्ता दिउँसो १२ बजेतिर पोर्ताहास्थित पूर्व–राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । घटनास्थलबाट केही किलोमिटरको दुरीमा रहेको विरेन्द्र बजारबाट खटेको टोलीले उनीहरुलाई रोकेको थियो । आन्दोलनकारी पछि नहटेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

    सडक खुलाउन प्रहरीले १६ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरी ११ राउण्ड रबरको गोली चलाएको थियो । त्यस क्रममा जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएको धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

    जनमत पार्टीका विद्यार्थीका धनुषाका अध्यक्ष विजय कुमार यादव, दलित संगठन धनुषाका उपाध्यक्ष रामदयाल मुखिया, युवा संगठनका  जिल्ला उपाध्यक्ष नथुनी यादव, जिल्ला सचिव वैजनाथ यादव र जिल्ला सदस्य संजय साह घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

    यता, जनमत पार्टीका अध्यक्ष सिके राउत घटना पश्चात घाइतेहरुको अवस्थाबारे जानकारी लिन प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए । घटनाको निन्दा गर्दै अध्यक्ष राउतले किसानको हक अधिकारको विषयमा उठेको अवाज दवाउन प्रहरीले आन्दोलनकारी माथि दमन गरेको आरोप लगाए ।
    विगत १० दिनदेखि किसानका विभिन्न मागलाई लिएर आन्दोलन गरिरहेपनि राज्यले कुनै सुनवाइ नगरेको भन्दै राउतले भने,‘नस्लीय प्रहरीले हाम्रा कार्यकर्तामाथि दम्भ देखाएको छ । रबरको मात्रै नभई प्रहरीले असली गोली पनि चलाएको हामीले पाएका छौं ।’ गोली चलाएको घटनाको छानबिन हुनुपर्ने उनको भनाइ छ । आफूहरुको आन्दोलन सोमबारदेखि थप कडा हुने  उनले चेतावनी दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.