• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चराचुरुङ्गीकाे आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडाे छल्न साइबेरियाबाट पनि आउँछन् चरा

  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । लुम्बिनी बौद्धमार्गीको आकर्षणकाे स्थल मात्र नभई चराचुरुङ्गीको पनि आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । लुम्बिनीको शान्त वातावरण, हरियाली वनस्पती, फूल बगैँचा, नहर र पोखरी आदिले गर्दा लुम्बिनीमा चराचुरुङ्गीको आकर्षण बढेको हो ।

    लुम्बिनीमा २९० प्रजातीका चराचुरुङ्गी छन् । कतिपय चरा रैथाने छन् भने कतिपय बसाइँसराई गरेर आउने गरेका छन् । विशेषगरी जाडोयाममा अत्यधिक चिसो हुने स्थान साइबेरिया, मंगोलिया, काजकिस्तान, तुर्कमेनिस्तान, तिब्बतसम्मका चरा लुम्बिनीको न्यायो घाममा जलचर गर्न आउने गरेको पाइएको छ ।

    आगन्तुक चरामा मरुन सुनजुरेहास, खडरवर्ड, काली जुरे, मालक आदि रहेकाे लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । लुम्बिनी विकास कोषले गुरुयोजनामा १.३ किलोमिटरलाई केन्द्रीय नहर, सर्कुलर लभीको गोलाकार पोखरी र प्रत्येक बिहार क्षेत्रमा चराको बासस्थान र आकर्षण बढाउन सुन्दर पोखरीको निर्माण गरेको छ ।

    लुम्बिनीको अर्को सुन्दर पक्ष यहाँ पाइने दुर्लभ प्रजातीका चरा (क्रेन) पनि रहेको भट्टराईले बताए । यसका लागि गुरुयोजना अनुसार लुम्बिनी एक सय हेक्टर भूमिलाई सारस संरक्षणका लागि सीमसार क्षेत्र बनाइएको छ । जसलाई अमेरिकन क्रेन फाउन्डेशनको सहकार्यमा सारस संरक्षणको प्रयासको थालनी गरिएको छ । लुम्बिनीभित्र र बाहिरी ग्रामीण क्षेत्रमा करिव पाँच सय सारस पाइने गर्छन् ।

    बुद्ध र सारसबीचमा दया र करुणा जोडएअनुसार बुद्धका  काकाका छोरा देवदत्तले बाणले घाइते बनाएको सारसलाई बुद्धले औषधि गरी जीवित तुल्याएको घटनाले पनि लुम्बिनी सारसको प्रिय स्थल बन्न पुगेको मान्यता छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी क्षेत्रमा सारसपछि स्थानीय चरामा भुडीफोड, गरुड, धोधीफोड, हुटीट्याउँ, भँगेरा, बगेडी, सिलसिले, चिल, कृष्णकांड, निलकण्ठ लगायत सयौं प्रकारका छन् ।

    लुम्बिनी क्षेत्रमा न्यानो घाम, तालतलैया र नदी एवं खेतवारीमा टन्न आहार पाइने र नहर पोखरी आदिमा जलबिहारको आनन्द लिने अनुकुल वातावरण भएको हुँदा लुम्बिनी चराहरुको आकर्षणको केन्द्रबिन्दू बन्दै गएको योजना प्रमुख भट्टराईले बताए ।

    लुम्बिनी विकास गुरुयोजनाले निर्दिष्ट गरे अनुसार लुम्बिनीमा ६० प्रतिशत भुभाग हरित क्षेत्र, ४० प्रतिशत क्षेत्र नहर पोखरी एवं सुन्दर उद्यान भएको हुँदा लुम्बिनी चराको पवित्र स्थल बन्दै गएको उनको भनाइ छ ।

    विश्वबाट कतिपय पर्यटक, चराविद् तथा चराबारे अनुसन्धान गर्नेहरु वर्षेनी सयौंको संख्यामा लुम्बिनी र वरपरका तालतलैया क्षेत्रमा आउने गर्छन् । सारस संरक्षणमा लामो समयदेखि लागेका रवीन्द्रमान श्रेष्ठले लुम्बिनी क्षेत्रमा २५० को संख्यामा सारस रहेको बताउँदै संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको बताए ।

    केही बर्षअघि लुम्बिनी क्षेत्रको सीमसार क्षेत्रमा बिभिन्न ४१ प्रजातिका जलपंक्षीका ९१० प्रकारका चरा भेटिएका थिए । लुम्बिनी क्षेत्रको जलपंक्षी गणना गर्दा चराको प्रजाति र संख्या खुलेको हो । लुम्बिनीसँगै नजिकैको गैडहवा ताल क्षेत्र र अन्य क्षेत्रमा समेत बिभिन्न प्रजातिका चराहरु देख्न सकिन्छ । गैडहवा ताल वरपर १२ प्रजातिका चराहरु गणनाका क्रममा फेला परेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.