हेटौंडा । हेटौंडामा निजि विद्यालयहरुले लकडाउनको समयमा तलब नदिएको भन्दै शिक्षकहरुले विरोध प्रर्दशन गरेका छन् । सस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरमा आबद्ध शिक्षकहरुले तलबको माग गर्दै प्रर्दशन गरेका हुन् । शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा लकडाउनको अवधिमा मकवानपुरका निजि विद्यालयले शिक्षक,कर्मचारीको तलब नदिएको भन्दै प्रर्दशन गरेका हुन् । उनिहरुले “कोरोनाले भन्दा पहिला भोकले मरिने भो,हाम्रो तलबको व्यवस्था गर,हामी अभिभावक प्रति प्रतिबद्ध छौ ” जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा इस्टु जिल्ला कार्य समिति,हेटौंडा नगर समिति र निजि विद्यालयका शिक्षक कर्मचारीको सहभागिता रहेको थियो।








