हेटौंडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर २ राईगाउँ बस्ने छबिलाल बक्जनको बा.प्र.०३–००३ प ३१३० नं. को २२० सि.सि. को पल्सर मोरटसाइकल चोरी गर्ने दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली मरिण गाउँपालिका वडा नम्वर ३ बस्ने २३ वर्षीय टोपबहादुर वाईवा र सोही ठाउँ बस्ने २० वर्षीय अरुण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बागमती–४ बाट पक्राउ गरेको हो ।
बम्जनले आइतबार बिहान आफ्नो घर अगाडी पार्किङ गरी राखेको उक्त नम्वरको मोटरसाइकल चोरी भएको खबर प्राप्त हुन साथ खोजतलास गर्दा उनीहरुको साथबाट बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सापकोटाले बताए । उनीहरुलाई सोमबार मकवानपुर जिल्ला अदालतबाट दिन १५ म्याद अनुमती थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनको भनाई छ ।








