• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अर्घाखाँचीको एउटै गाउँमा फल्यो सात करोड बढीको सुन्तला

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो ।

    पाणिनी गाउँपालिका-१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । जसमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले आम्दानी गर्ने अगुवा कृषक रेवतीप्रसाद पौडेलले बताए ।

    गत वर्ष प्रतिकेजी ६० रुपैयाँ हाराहारीमा सुन्तला बेचेका किसानले यो वर्ष भने सुन्तला सिधै बजारमा पठाएका छैनन् । प्रदेश सरकारको सहयोगमा गत वर्ष पोखराथोकमा निर्माण गरिएको शीतभण्डारमा सुन्तला भण्डारण गरिएको छ ।

    “करिब एक सय ५० मेट्रिक टन सुन्तला शीतभण्डारमा भण्डारण गरिएको छ । अझै करिब एक सय मेट्रक टन जति टिप्न बाँकी होला,” सिम्लेका अगुवा कृषक पौडेलले भने, “बजारभाउ राम्रो भएपछि बजारमा पठाउने सोच बनाएका छौं ।”

    सिम्लेमा सुन्तला उत्पादन गरिरहेका किसानहरूको प्रोत्साहनका लागि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपालले लायन्स नमुना उद्यमी गाउँको रूपमा यो वर्षदेखि सहयोग गरेको छ । सिम्लेका जनताको जीवनस्तर माथि उठाउन र गाउँलाई थप आत्मनिर्भर बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लव इन्टरनेसनल ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले बताए ।

    सुन्तला खेती गरिरहेका किसानहरूको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान दिइएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अधिकृत नारायण भुसालले बताए । “हामीले सुन्तला उत्पादन गर्ने किसानलाई प्रतिकेजी दुई रुपैयाँ अनुदान दिन्छौं,” भुसालले भने, “तर किसानले सुन्तला बिक्रीबापतको भुक्तानी बैंकमार्फत लिएको हुनुपर्छ ।”

    सिजनमा मूल्य कम आउने भएकाले बेमौसममा बिक्री गर्न सकियोस् भनेर प्रदेश सरकारको सहयोगमा २० हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएकाे भुसालले बताए ।

    पाणिनीको अलावा मालारानी गाउँपालिका-८ हंशपुरको साकिन्धारामा पनि व्यावसायिक सुन्तला खेती हुने गरेको छ । तर अहिले सुन्तला टिप्ने क्रम चलिरहेका कारण कति उत्पादन भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन । स्थानीय कृषक तुल्सीविक्रम ठकुरीले भने, “तर गत वर्षभन्दा राम्रो उत्पादन हुने अनुमान गरेका छौं ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.