• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ?

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन् ।

    नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल सकिन लागेपछि तीन जनाका लागि हुन गइरहेको निर्वाचनमा आठ जनाले उमेदवारी दिएका हुन् ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेले खुलातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले खुल्ला तर्फ गोपाल बस्नेत नेकपा एकिकृत समाजबादीका  भोजपुरकी  महिला तर्फ जयन्ती राई र जनता समाजवादीका हेमराज राईले अपांगता भएका वा अल्पसंख्यकतर्फ  मनोनयन दर्ता गराएका छन् ।

    यस्तै झापाबाटै राप्रपाले पनि मनोनयन दर्ता गराएका छन् । खुला तर्फ अम्बर बहादुर बिष्ट र महिला तर्फ रन्जु प्याकुरेलले मनोनयन दर्ता गराएका छन् ।

    राष्ट्रियसभाका लागि यस्तो छ प्रदेश १ को अंकगणित

    प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त छ । केन्द्रमा रहेको पाँचदलीय गठबन्धनबाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकोले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा धेरै हुन पुगेको छ ।

    सबै मतदाताले मतदानमा सहभागी भएमा र फलोर क्रस नभएमा प्रदेश १ का तीनवटै सिट गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । स्थानीय तहका अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

    निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता रहेकोमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् ।

    सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकोले स्थानीय तहका मतदाताको पद रिक्त छ ।

    राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार चार हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार चार हजार ८९६ गरी जम्मा मतभार नौ हजार ३१२ रहेको छ ।

    प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको चार हजार ५४२ मतभार रहेको छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार चार हजार ६८६ देखिएको छ ।

    राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको दुई हजार ७३६, नेकपा (माओवादी केन्द्र) को १ हजार ८, नेकपा (एकीकृत समाजवादी)को ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ ।
    । प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० जना उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार एक हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको दुई हजार ५७४ मतभार रहेको छ ।

    यसैगरी नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार एक हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार दुई हजार ७३६ छ । नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् ।

    माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष नौ जना तथा उपप्रमुख र उपाध्यक्ष सात जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार एक हजार आठ छ ।

    नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका ११ जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष पाँच जनाको मतभार १९८ रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ ।

    प्रदेशसभा सदस्य तीन, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष दुई रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष तीन, उपाध्यक्ष एक र प्रदेशसभा सदस्य एक रहेको राप्रपासँग १२० मतभार रहेको छ । प्रदेशसभामा एक सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.