चितवन । चितवनमा आज ७९ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये ७३ जना ओम आइसोलेसन र ६ जना अस्पतालमा रहेका छन् । त्यस्तै आज १२ जना कोरोनामुक्त भएका छन् ।
यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ७३० पुगेको छ । यता, आज थप १२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १७० जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।
यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २७ हजार २४४ पुगेको छ ।








