• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनीका ११ जिल्लामा आज एमालेको अधिवेशनः सर्वसम्मत नेतृत्व टुंग्याउन कसरत

  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेको छ । आकांक्षी धेरै हुँदा  व्यवस्थापनमा भने समस्या देखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ११ जिल्लामा आज एकसाथ अधिवेशन हुँदैछ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले अर्काे मिति तय हुने एमालेले जनाएको छ ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने दावी गरे । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी हामी अगाडि बढेका छौं,’ उनले भने ।

    रुपन्देहीमा जिल्ला नेतृत्वका लागि ६ जना प्रतिष्पर्धी देखिएका छन् ।  जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, क्षेत्रीय संयोजक तेजेन्द्र केसी, जिल्ला उपसचिव गोपाल राना, सचिवालय सदस्य एवं तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, नेता हितराज पन्थी र यज्ञ गैरे अध्यक्षका प्रतिष्पर्धी हुन् ।

    एमालेले जुन पदमा नेताहरुले आकांक्षा देखाएको हो, त्यो पददेखि अन्त बस्न नपाइने आन्तरिक निर्देशन दिएकाले केही नेताहरुको पछाडि हट्ने र अन्य पदमा व्यवस्थापन हुने सम्भावना पनि छ ।

    जिल्लाभरीबाट १ हजार १०६ प्रतिनिधि अधिवेशनका लागि चयन भएका छन् । त्यसका अतिरिक्त एमालेका साविकका १७५ सदस्यीय जिल्ला कमिटीमध्ये हाल कायम १०८ जना पनि स्वतः प्रतिनिधिको रुपमा रहेका छन् ।

    एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १५० सदस्यीय जिल्ला सदस्यको लागि रुपन्देहीमा धेरै जनाले नेतृत्वको लागि दावी गरिरहेका छन् । अधिवेशनलाई सम्बोधन गर्न पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायत नेताहरु भैरहवा आएका छन् ।

     

    कपिलवस्तुको आगामी नेतृत्वका लागि चार जना आकांक्षी देखिएका छन् ।पूर्वउपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, वर्तमान उपाध्यक्ष बाबुराम खनाल, प्रदेश सदस्य खुमप्रसाद आचार्य, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले लविङ गरिरहेका छन् ।

    गुल्मीमा उपाध्यक्ष बालसिंह काउछा एक मात्र अध्यक्षका दावेदार हुन् ।

    दाङमा पनि हालका जिल्ला उपाध्यक्ष हुकुम बस्नेत एकमात्र जिल्ला अध्यक्षका दावेदार रहेको उनी निकट नेताहरुले बताएका छन् । हालका जिल्ला अध्यक्ष टिकाराम खड्का नदोहोरिने भएपछि स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावेदारी भएको बस्नेतले बताए ।

    बाँकेमा भने आधा दर्जन अध्यक्षका आकांक्षी छन् । पत्रकारसमेत रहेका डिल्ली विसी, रत्न खत्री, किस्मत कक्षपति, निरक गुरुङ, घननाथ खनाल, सतिस निरौला अध्यक्षका आकांक्षी रहेका छन् । यद्यपि नेताहरुले सर्वसम्मतको प्रयास गरिरहेका छन् ।

    बर्दियामा २ जना अध्यक्षमा आकांक्षी देखिएका छन् । बासगढी नगरपालिकाका प्रमुखसमेत रहेका शालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ अध्यक्षका आकांक्षीका रुपमा छन् । श्रेष्ठ हालका जिल्ला अध्यक्ष हुन् भने अधिकारी उपाध्यक्ष हुन् ।

    पाल्पामा अध्यक्षका आधा दर्जन आकांक्षी छन् । जिल्लाको रिव्दीकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका नारायणबहादुर जिसी, जिल्लाका पूर्व पार्टी सचिव देवीप्रसाद बस्याल अध्यक्षका आकांक्षी हुन् । त्यस्तै तिनाउ गाउँपालिकाका प्रमुख रहेका हालका जिल्ला सचिव ओमबहादुर घर्ती, केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका धनेन्द्रराज घिमिरे, संविधान सभा सदस्य तारामणी घिमिरे पनि अध्यक्षका आकांक्षी हुन् ।

    पश्चिमनवलपरासीमा दीपेन्द्र अधिकारी र थामप्रसाद गैरेले अध्यक्षमा आउन आकांक्षा देखाएका छन् । अधिकारी प्रदेश सभा सदस्य हुन् भने थामप्रसाद हालका जिल्ला सचिव एवम् पुराना नेता हुन् ।

    प्युठानमा जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्काजस्तै भएको छ । हालका अध्यक्ष तुल्सीराम शर्मा अध्यक्षमा दोहोरिने गरी सहमति हुन लागेको बताइएको छ ।

    रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहेका छन् । रुन्टीगढी गाउँपालिका अध्यक्षसमेत रहेका बुढा जिल्लामा सर्वसम्मत नेतृत्व चुन्ने गरी तयारी भइरहेको बताए ।  एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सहमतिका लागि स्थानीय नेताहरुले प्रयास गरिरहेको बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.