• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यस वर्ष काउलीको मुल्य राम्रो, किसान उत्साहित

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । कमल–२ सिमलडाँगीका किसान नवराज पौडेल तीन वर्षयता तरकारी खेती गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका उनी अहिले कृषि पेशामै रमाएका छन् । तीन वर्षदेखि तराकारी खेती गरे पनि यसपटक भने उनी निकै उत्साहित छन् । किनकि दुःख गरेर लगाएको तरकारीले राम्रो बजार मुल्य पाएको छ ।

    अघिल्ला वर्षको तुलतामा यसपटक कोपी (काउली)ले राम्रो मुल्य पाएको उनी बताउँछन् । गत वर्ष २५–३० रुपैयाँ केजी रहेको फूलकोपी यसपटक ५० रुपैयाँसम्म बिक्री भएको उनको भनाइ छ । गत वर्ष १५ रुपैयाँसम्ममा बिक्री भएको बन्दाकोपी यसपटक ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘१३ कठ्ठामा तरकारी लगाएको छु । अहिले त राम्रो भइरहेको छ । कोपीको मुल्य गत वर्षको तुलनामा यसपटक राम्रो छ । बजारमा यस्तो मुल्य भयो भने न हामीले पनि राहत पाउँथ्यौँ,’ उनी भन्छन्, ‘खेती गर्न पनि जाँगर चल्ने थियो नी ।’

    उनी बिहानै उठ्छन् । तरकारीहरू टिपेर बजार पुयाउँछन् । आफ्नो अर्गानिक उत्पादनबारे सबैलाई जानकारी दिँदै बजारमा पुर्याएर आफैँ बिक्री गर्छन । ‘खेतमा उत्पादन भएको धानले घरमा राम्ररी पुग्छ । सब्जीमा एक वर्षमा ५० हजार खर्च गर्छु । दुई लाख ५० हजार जति बच्छ,’  उनी भन्छन्, ‘खेती गरेर पनि जीवन राम्ररी चलाउन सकिन्छ । परिवार खुसीले पाल्न सकिन्छ । विदेश जान पर्दैन । तर, मिहिनेतचाहीँ पर्छ ।’

    नवराज मात्र हैन सिमलडाँगीका अधिकांश किसान तरकारी खेतीमा छन् । यसपटक अधिकांशले कोपी लगाएका छन् । यसपटक कोपीको उत्पादन र मुल्य राम्रो छ । ‘यसपटक त कोपीको मुल्य राम्रो छ । पहिला १० रुपैयाँसम्म बेचेको कोपी यसपटक भने ५० रुपैयाँसम्म आएको छ,’ कमल–२ सिमलडाँगीकी कृषक चन्द्रकला माझी भन्छिन्, ‘एउटा कोपीमा दुई केजीभन्दा धेरै हुन्छ । एउटा कोपीका लागि हामीले पाँच रुपैयाँसम्म खर्च गरेका हुन्छौँ ।’ कृषकले कोपी फूलमात्रै हैन पात पनि बिक्री गर्ने गरेका छन् । पशुपालक किसानले घरमै आएर केजीको २० रुपैयाँसम्ममा लैजााने गरेको माझीले सुनाइन । ‘एउटा कोपीमा दुई केजीसम्म पात हुन्छ । पातबाट ४० रुपैयाँ आउँछ,’ उनी भन्छिन्, ‘बजार भाउ सधैँ यस्तै भए त धेरै राम्रो हुने थियो ।’

    सिमलडाँगीका किसनको मुख्य पेशा नै कृषि हो । तर, स्थानीय तहले खासै चासो नदिएको उनीहरूको आरोप छ । स्थानीय तहले तरकारीका लागि बीउ दिए पनि कामै नलाग्ने कृषक पौडेल बताउँछन् । ‘कहिलेकाहीँ विषादीमा सहयोग गर्छ । नभए त हामीले खासै सहयोग पाउँदैनौँ । स्थानीय तहले बीउ दिन्छ । तर, उसले दिने बीउमा हामी सन्तुष्ट छैनौँ,’ पौडेले भन्छन्, ‘बीउ त हामीलाई प्रयोग गर्न मात्र दिएको जस्तो लाग्छ । राम्रो छ भनेर गाउँपालिकाले दिन्छ । तर, त्यो बीउ पछि कामै लाग्दैन । हाम्रो मिहिनेत मात्र जान्छ । यस्तो बीउ त नदिँदै ठीक हुन्छ ।’

    बेमौसमी वर्षाले धेरै ठाउँमा क्षति पु¥यायो । जसको असर तरकारी बालीमा पनि पर्यो । तर, क्षति पु¥याएर बाँकी रहेको तरकारीले भने राम्रो बजार पाएको कृषि ज्ञान केन्द्र झापाको भनाइ छ । कोपीसँगै अन्य बालीको पनि बजार मुल्य राम्रो रहेको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । ‘तरकारी बालीमा बेमौसमी वर्षाले धेरै क्षति गर्यो । त्यसका कारण मुल्य बढेको छ,’ उनले भने, ‘कोपी पनि कतिपयले रोपेका थिए । वर्षाले बिगार्याे । कतिपयले रोप्नै पाएनन् । यसवर्ष त्यही कारण कोपीको पनि मुल्य राम्रो छ ।’

    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.