• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपालको रेल ‘जय भोलि’ बन्दै, रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्- रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’

    तर, मन्त्री यादवले प्रतिवद्धता जनाएकाे एक महिना पूरा हुँदा पनि रेल संचालनकाे टुंगाे  छैन । हुन त रेल संचालनकाे प्रतिवद्धता जनाउने मन्त्रीकाे संख्या नै तीन नाघिसकेकाे छ ।

    यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।

    मंगलबार भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले कुर्था-जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसधारणमा उत्साह थिएन ।

    कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल संचालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।

    भारत सरकारले नेपालका चाँडोभन्दा चाडो रेल संचालन हुन सक्कोस् भन्ने चाहना राखेको भन्दै उनले भने, ‘हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौं । अब नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौं ।’

    याे भनाइले पनि भारतले उत्तर प्रदेशमा हुने चुनावलाई मध्येनजर गरेर नेपालमा रेल चलाउन तयार रहे पनि नेपालले अहिलेसम्म खासै प्रगति गरेकाे छैद्द ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताए । रेल संचालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।

    पुरानो कर्मचारी हटाएर नयाँ कर्मचारी राख्ने दाउँमा महाप्रबन्धक झा रेल्वेका तत्कालीन महाप्रबन्धक भट्टराईकै समयमा भारतीय रेल्वे कम्पनी कोंकणसँग प्राविधिक कर्मचारीको सहयोग लिए रेल संचालनको सम्झौता भएको थियो । सम्झौता अनुसार रेल चलाउने, रेलको सर्भिसिङ तथा नेपाली कर्मचारीलाई तालिम दिने गरी वार्षिक २२ करोड भारतीय रुपैयाँ नेपाल रेल्वे ती कम्पनीलाई बुझाउने गरि सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले पहिलो किस्ता बापतको साढे ७ करोड नेपाली रुपैयाँसमेत बुझाइसकेको छ ।

    भारतीय कम्पनीले सम्झौता अनुसार नेपालका करिब ढेड सय कर्मचारीलाई दुई चरणमा झण्डै २० दिन तालिम पनि दियो । तर नेपालमा केपी ओली नेतृत्वकाे  सरकार परिवर्तन भएपछि भट्टराई पनि महाप्रबन्धकबाट बर्खास्त भए ।

    अहिले कांग्रेसका नेता झा महाप्रबन्धक छन् । महाप्रबन्धक झा आएलगतै तालिम लिएका सबै कर्मचारीलाई हटाए । अहिले रेल चालकसहित २६  जना प्राविधिक टोली कोंकणले दिए पनि अन्य कर्मचारी नेपालसँग छैनन् ।

    महाप्रबन्धक झा पुनः नयाँ कर्मचारीलाई भर्ना गर्ने दाउमा रहेका छन् । विगतमा झण्डै डेढ सय कर्मचारीलाई २० दिनको तालिम दिन ८० लाख भन्दा बढी रकम खर्च भएको थियो । तर, महाप्रबन्धक ती कर्मचारीलाई नराखेर आफ्ना कार्यकर्ता भर्ना गर्ने दाउमा रहेको रेल्वेका एक कर्मचारीले बताए ।

    भारतीय पक्षले गत ५ कात्तिकमा रेल्वेका केही काम बाँकी नै राखेर भवन नेपाल सरकारलाई हस्तान्तरण गरेकाे थियाे ।   रेल्वे कर्मचारीका लागि निर्माण गरेको आवास भवन वर्षायाममा चुहिने भएकोले त्यसको मर्मत, स्टेशन, हल्ट तथा आवास भवनमा विजुली वत्ती, पानीको सप्लाई, प्लबिङ्गको काम,भवनमा झ्यालढोका, हलमा शौचालयको निर्माण  लगायतका काम अझै बाँकी छ ।

    हस्तान्तरणको समयमा भारतीय पक्षले एक महिनाभित्रमा ती काम पूरा गर्ने  आश्वासन दिए पनि  काम भएकाे छैन ।

    रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए 
    कुर्था-जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट  चोरी भएका थिए ।

    रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएकाे छ । महाप्रबन्धक झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएकाे छ ।’

    सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर–-बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएकाे थियाे । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनकाे तयारी भए पनि अझै सुरु हुन सकेकाे छैन ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.