• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

"बुवाको सम्झनामा फाउण्डेसन चलाएर एसएसपी ढकाल परिवार समाजसेवामा सक्रिय "
  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ज्येष्ठ नागरिक योद्धा स्वर्गीय सीताराम ढकालको कृति लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्रीहरु शंकर कोइराला, टंक ढकाल, पूर्वराज्यमन्त्री पदम राईलगायतले शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

    २३ साउन २००१ सालमा भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेखरचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ ।

    साथै उनको सक्रिय जीवनशैली, समाज सेवाका क्षेत्रमा गरेको उदाहरणीय कार्यहरु, ज्येष्ठ नागरिक योद्धाका रुपमा दिएका अविस्मरणीय योगदानहरुलाई उल्लेख गरिएको छ । यो कृति सीताराम-पदमकुमारी फाउण्डेसनले प्रकाशन गरेको हो । ढकालको कोटेश्वर क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान छ ।

    कृतिमाथि प्राडा गोविन्दमानसिंह कार्की र डा शैलेन्द्र प्रकाश नेपालले टिप्पणी गरेका थिए । कार्कीले भने, ‘उहाँको जीवनको पछिल्ला पाटामा मात्रै कृति केन्द्रीत भएको छ । पूरा जीवनी यो पुस्तकले समेट्दैन । तर, व्यक्तित्व पहिल्याउने काम यसले गरेको छ । केही सच्याउन पर्ने पनि छ । आगामी कृतिमा त्यसलाई समेट्नुहोला ।’

    अर्का टिप्पणीकर्ता नेपालले भने, ‘उनको जीवन अत्यन्त सार्थक भएको पाए । आत्मदाहका लागि सरकारलाई चुनौती दिएकोसम्म उहाँको योगदान छ । पुस्तक एउटा इतिहास हो । सत्यमोहन जोशीको शुभकामना सन्देशले ओज बढाउने काम गरेको छ । शिवप्रसाद ढकाल राष्ट्रको सम्पत्ति हो ।’

    कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको शिक्षाका लागि श्रेष्ठ लडेको बताए । ‘ज्येष्ठ नागरिक सञ्जाल बनाउनुभयो । जिल्ला संघहरू गठन भए । यति गर्दा राष्ट्रले सेवा नदिएपछि सडक आन्दोलनमा उत्रिए । सम्मानजनक बाच्ने कानुन ज्येष्ठ नागरिकमैत्री नीति नियम प्राप्त भएको छ । अहिले सम्मानपूर्वक बाच्न पाउने अवस्था छ । यसमा सीताराम ढकालको योगदान छ ।’

    कार्यक्रममा ९२ वर्षीय ज्येष्ठ नागरिक गोपाल प्रजापतिलाई सम्मान गरिएको छ ।

    बुवाआमाको नाममा फाउण्डेसन

    ज्येष्ठ नागरिक योद्धा ढकालको परिवारले बुवाआमाको सम्झनामा सीताराम-पदमकुमारी फाउण्डेसन स्थापना गरेको छ । ढकालको गत वर्ष (२० पुस ०७७) निधनपछि उनको योगदान र समाजसेवाका कामलाई निरन्तरता दिन परिवारले दुई महिनापछि ५ फागुनमा फाउण्डेसन स्थापना गर्‍यो । फाउण्डेसनले स्वर्गीय ढकालले जुन जुन क्षेत्रमा योगदान गरे तिनै क्षेत्रलाई केन्द्रीत गरेर काम गरिरहेको उपाध्यक्ष विन्दु अधिकारी ढकाल बताउँछिन् । उनकाअनुसार फाउण्डेसनले ज्येष्ठ नागरिकलाई पलाञ्चोक भगवती दर्शन गराउने, हकहित संरक्षणका लागि सक्रिय रहने, आर्थिक रुपमा विपन्न विद्यार्थी (अनुरोध कोइराला काठमाडौं स्कुल अफ ल-सृजन ढकाल सिटिजन कलेज) लाई छात्रवृत्ति, ढकालको जन्म स्थानमा वृक्षारोपण गरिएको छ । फाउण्डेसनले शनिबार ढकालका योगदान समेटिएका स्मृति ग्रन्थ प्रकाशन गरेको हो ।

    ढकालका छोरा एवं नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकालले बुवाले देखाएका मार्ग र सपनामा आफूहरु अघि बढेको बताए । बुवाले देखाएको बाटोअनुसार समाजसेवामा सक्रिय रहिरहने उनको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.