सप्तरी । पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। शुक्रबार साँझ सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा पोखरीमा डुबेर राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोरको मृत्यु भएको सप्तरीका डिएसपी तिलक भारतीले बताएका छन् । पोखरीमा डुबी अचेत भएका उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। चार जना साथीसहित नुहाउन गएको नन्दकिशोर पोखरीमा डुबेका थिए।








