• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दमक-चिसापानी सडक : निर्माण कम्पनीले काम नगरेपछि पेटी ठेक्का दिने तयारी

  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । निर्माण कम्पनीले कामै नगरेपछि झापाको दमकबाट इलामको चिसापानीसम्म पुग्ने दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि पेटी ठेक्का दिने तयारी भएको छ । निर्माण कम्पनीले पटकपटक म्याद थपेर पनि सडक अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय दमकले निर्माणका लागि दबाब दिएको थियो ।

    सडक निर्माण गर्न नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी भएको हो । उक्त सडकको पहिलो खण्ड अर्थात् सात किलोमिटर सडक पटकपटक म्याद थपिँदा पनि अलपत्र छ । यो सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी-किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजार ६२७ ठेक्का लिएको थियो । रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने निर्माण कम्पनीको जिम्मा थियो ।

    ठेक्का लिएको साढे तीन वर्षभन्दा धेरै हुँदा पनि ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । करिब ४४ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यो सडकका लागि यसअघि कोभिडका कारण काम नसकिएको भन्दै दुईपटक म्याद थप भइसकेको छ । दोस्रोपटक थपिएको म्याद पनि आउँदो चैतमा सकिँदैछ ।

    निर्माण कम्पनीका सञ्चालकलाई बारम्बार सडक निर्माणका लागि दबाब दिँदा पनि का मगर्न नसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए । गत बर्खाबाट सडक निर्माणको काम पूणर्रूपमा ठप्प भएको उनले बताए । ‘काम अघि बढ्न नसकेपछि हामीले निर्माण  कम्पनीलाई का मगर्न दबाब दिइरहेका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफूले नसक्ने भएपछि पेटी ठेक्का दिने तयारी गरेको जानकारी पाएको छु ।’

    महालक्ष्मी-किरातेश्वर जेभीले का मगर्न नसकेपछि पेटी ठेक्का लुम्बिनी गणपति जेभीलाई दिने गरी छलफल अघि बढिरहेको छ । लुम्बिनी-गणपतिले दमक-चिसापानीको दोस्रो र तेस्रो खण्डको २६ किलोमिटर सडक निर्माण गरिरहेको छ । तल्लो खण्डको सडक निर्माण अलपत्र हुँदा सामग्री लैजानसमेत मुस्लि भएको भन्दै लुम्बीनी गणपतिले पेटी ठेक्का लिने तयारी गरेको हो ।

    ‘पेटी ठेक्का लिनका लागि छलफल भइरहेको छ । टुंगिएको छैन । केही नमिलेका विषय पनि छन्,’ लुम्बिनी-गणपतिका सञ्चालक तुलसीराम भण्डारीले भने, ‘त्यहाँ केही समस्या छन् । पहिलाको ठेकेदारले मोबिलाइजेसन चलाएको दुई करोड दिन सक्ने अवस्था छैन । त्यसले गर्दा त्यसको निकास निस्किएको छैन ।’

    दमक-चिसापानी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेतवराज पुरीले भने दोस्रोपटक थपिएको समयमा काम सकिने बताए । ‘पहिलो खण्ड पनि माथिल्लो ठेकेदारले काम गर्ने गरी तयारी हुँदैछ । सायद सोमबार साँझसम्म सम्झौता हुन्छ होला,’ उनले भने, ‘तलदेखि माथिसम्म नै साउनसम्म सबै कालोपत्रे नै भइसक्छ ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.