हेटौंडा । प्रहरीले तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्वर – २ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ आउँदै गरेको प्रदेश–३–०१ ००२२ च ३५५६ नम्वरकोे पिकअप भ्यानलाई विशेष सूचनाको आधारमा रोकेर चेकजाँच गर्दा तरकारीको क्रेटमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले उक्त परिणामको गाँजा बरामद गरेको हो । पक्राउ परेका सिंतान उक्त तरकारी बोक्ने भ्यानका चालक हुन् ।
पक्राउ परेका सिंतानमाथि आवश्यक अनुसन्धान अघि बढाइएकोसमेत जनाइएको छ ।








