• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

अल्लोको मास्क निर्माण शुरु

  •   बुधबार, फागुन २८, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमही । मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनःप्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन  थालिएको छ ।

    उत्पादकले यो मास्कलाई स्यानेटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने बताएको छ । अल्लोको मास्क निर्माण गरेर बजारमासमेत ल्याइएको छ ।प्रतिमास्कको मूल्य रु ८० निर्धारण गरिएको छ ।

    जिल्लाको बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् । यसअघि बजारमा अधिकतम उपयोग हुने मास्क चीनमा निर्मित थियो । जसको अधिकत्तम मूल्य रु १० मात्र थियो । बजारमा अभाव चुलिएसँगै प्रतिमास्कको मूल्य रु २५ सम्म पुगेको थियो ।

    बजारमा मास्कको अभाव भएपछि प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरलगायतका स्वास्थ्य संस्थाले स्थानीयस्तरमै निर्मित मास्क आन्तरिक प्रयोजनका लागि उपयोग गर्न थालेका छन् ।

    त्यसैगरी देउखुरीको लमहीमा बजारमा पाइने काँचो कपडाबाटै पुनःप्रयोग गर्न सकिने मास्क निर्माण शुरु भई बजारमा समेत आइसकेको छ । चिकित्सकले स्यानेटाइजर छर्केर तथा दैनिकरुपमा सफा गरेको अवस्थामा यो मास्क एक महिनासम्म पनि प्रयोग गर्न सकिने सल्लाह दिएका छन् । पछिल्लो समयमा विद्यालयका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र आम नागरिकमा पनि मास्क लगाउने प्रवृत्ति बढेको छ ।

    अहिले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि भन्दै बालबालिका युवा, वृद्धवृद्धा सबैले मास्कको प्रयोग गर्ने थालेका छन् । फलस्वरुप स्थानीय बजारमा मास्कको माग ह्वातै बढेको व्यवसायी बताउँछन् । चाइनाबाट आउने मास्कको निर्यात बन्द भएपछि नेपालभरिनै मास्कको अभाव भइरहेको छ । कच्चा पदार्थ निर्यातमा समेत चीनले प्रतिबन्ध लगाइसकेको मास्क आयातकर्ता कम्पनीले बताएका छन् ।

    अहिले स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको छ । केही दिनअघिबाट यहाँ उत्पादन गरिएको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गरेको बताइएको छ । चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको समूहका अध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

    यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन शुरु गरेको उहाँको भनाइ छ ।  अब व्यवसायिक रुपमा उत्पादन गरेर आन्तरिक माग खपत गर्ने योजनाका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो । लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उहाँको भनाइ छ ।

    अल्लोबाट उत्पादन गरिएको मास्क धोएरसमेत प्रयोग गर्ने सकिने छ । अन्य मास्क धोएर पुनः प्रयोग गर्ने नमिल्ने अध्यक्ष पुनको भनाइ छ । अल्लोवाट निर्माण भएकाले यो मास्क जैविक वस्तु भएकाले स्वस्थ रहेकोसमेत उहाँको दाबी छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.