चितवन । चितवनमा पछिल्लो चौबिस घण्टामा १३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २७ हजार ८२४ पुगेको हो ।
चितवनमा केही दिन देखी कोरोना संक्रमितको संख्या बढे संगै । सक्रिय संक्रमित उकालो लाग्दइ गएको छ । आज जिल्लाभर सक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ । सक्रिय संक्रमित मध्ये आज १८ जना अस्पतामा उपचाररत छन् भने ५७७ जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै चितवनमा आज १० जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ७९२ पुगेको छ ।








