• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोशी नदी किनार झाडीमा लगानी, वार्षिक लाखौं आम्दानी

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी ।  केही वर्षअघिसम्म सुनसरीको वराहक्षेत्रको वडा नम्बर-९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा सिसौ झाडी थियो । मानिस सो ठाउँमा सहज आवतजावत गर्न सक्ने अवस्था थिएन । तर समय फेरियो त्यही अनुत्पादक झाडी र बलौटे भूमि यति बेला त्यहाँका किसानको गतिलो आम्दानीको श्रोत भएको छ । उनीहरूले विशेष गरी माघे सङ्क्रान्तिमा खान प्रयोग हुने तरुल फलाएर लाखौँ आम्दानी गरेका छन् ।

    देशकै ठूलो सप्तकोशी नदीको किनारमा रहेको सो ठाउँको भूमि सुख्खा र चिसो छ । वर्षायाममा नदीले ल्याएर थुपारेको बलौटे माटोमा सिसौमात्र हुने आम विश्वास रहे पनि स्थानीयले भने माटो सुहाउँदो खेती गरी आम्दानी लिने गरेका छन् । उनीहरूले अहिले उक्त ठाउँमा तरुल फलाएर एक किसान बराबर २० हजार देखि २ लाखसम्म कमाएका छन् ।

    तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ । कम चिस्यानले पनि हुने र अन्य खेतीजस्तो गोडमेल गर्नु नपर्ने भएकाले पछिल्लो समय किसानहरू तरुल खेतीमा व्यावसायिक रूपमै लागिपरेका छन् । गाउँकै एक किसानले सानो क्षेत्रफलमा तरुलबाट आम्दानी गरेपछि ६ वर्षदेखि तरुल खेतीतर्फ आकर्षित भएका हुन् ।

    सप्तकोशी नदी नजिकै घर भएका गोपाल राईको नदी किनार आसपास १० कट्ठा जग्गामा ६ वर्ष अघि सिसौ झाडी थियो । आफ्नो नम्बरी जग्गा भए पनि नदीले कटान गरेपछि वर्षायाममा बाढीले बालुवा थुपार्ने गर्दथ्यो ।

    उक्त सिसौ झाडी र बालुवा थुप्रेको जमिन उनका लागि गतिलो आम्दानीको स्रोत भएको छ । ६ वर्षअघि तरुल खेती सुरु गरेका राई अहिले लाखौँ आम्दानी लिन सक्ने भएका छन् । खनजोत गर्नु नपर्ने, जङ्गली जनावरले पनि नखाने भएकाले उनले तरुल खेती सुरु गरेका हुन् ।

    पहिलो वर्ष ४ हजारको बिक्री गरेका राईले यो वर्ष प्रतिकेजी ४५ रुपैंयाका दरले १ लाख २५ हजारको तरुल बिक्री गरेका छन् । उनले उत्पादन गरेको तरुल देशका विभिन्न सहर इटहरी, धरान, विराटनगर तथा काठमाडौंसम्म जाने गरेको छ । व्यापारी घरमै खरिद गर्न आउने भएकाले बिक्री गर्न कुनै समस्या नरहेको राईको भनाइ छ ।

    चिसो र सुख्खा माटोमा बढी फल्ने तरुल खेतीले उनको घरव्यवहार चलाउन समेत सहज भएको छ । हजारबाट थालेको तरुल खेती अहिले लाखौँमा आएको छ । राई जस्तै सोही ठाउँका बाघवीर लिम्बु पनि तरुल खेतीमा आकर्षित छन् । उनले सुरु गरेको पाँच वर्षमा २ लाख भन्दा बढीको बिक्री गरेका छन् । अन्य बाली जस्तो गोडमेल नगर्नु पर्ने, जङ्गली जनावरले नखाने भएकाले तरुल खेती तर्फ उनी हौसिएर लागेका हुन् । उनले यो वर्ष मात्रै ६५ हजारको बिक्री गरेको बताए ।

    विशेष गरी वराहक्षेत्रको राजाबास, प्रकाशपुर, मधुबन, भोक्राहा नरसिंह गाउँपालिका लगायतका स्थानमा तरुल खेती हुने गरेको छ । उक्त ठाउँका दुई सय बढी घरपरिवारले अहिले तरुल खेती गर्दै आएका छन् ।

    कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास जङ्गली जनावरले धानबाली तथा अन्य बाली खाइदिने समस्या झेलेका उनीहरू तरुलले खेतीले भने उत्साह थपेको छ ।

    भोक्राहा गाउँपालिका १ का कृषक राजेन्द्र मेहेताले केही वर्ष अघिसम्म धान खेती गर्दै आएको ४ कट्ठामा अहिले तरुल खेती गरेका छन् । यो वर्ष मात्रै उनले १ लाख ४० हजार बराबरको २५ क्युइन्टल बिक्री गरेका छन् ।

    थोरै मेहनतले राम्रो कमाई हुने देखेपछि उनले धान खेती छाडेका हुन् । मेहेताले तरुलको माग बजारमा बढी भए पनि उत्पादन कम हुन गरेको बताए । धानबाली कम हुने, तथा जङ्गली जनावर लाग्ने खेतबारीमा तरुल खेती गरे सोचे भन्दा राम्रो आम्दानी हुने भनाई छ । उनी अब थप तरुल खेती विस्तार गर्ने समेत तयारीमा छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.