• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भैरहवा भन्सार कार्यालयले सकेन लक्ष्य पूरा गर्न

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न सकेन । आर्थिक वर्ष २०७८÷७९को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व सकलन गरेको हो ।

    भन्सार विभागले पुस महिनाका लागि ११ अर्ब तीन करोड १५ लाख लक्ष्य दिएकोमा कार्यालयले पुस मसान्तसम्म नौ अर्ब ६१ करोड २२ लाख मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

    ‘साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो कार्यालयले पार गरिरहेको थियो, पुुस महिनामा संकलनमा कमी आएको छ, यसको एक प्रमुख कारण राष्ट्र बैकले लागु गरेको नयाँ प्रावधान हो,’ कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले भने ।

    ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले  १८ वटा शिर्षकका विलासीका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.)खोलेर शत प्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै लक्ष्य पार गर्न नसकेको उनको भनाइ छ ।

    विलासीका वस्तुहरूको आयातमा राष्ट्र बैंकले नयाँ प्रावधान ल्याएसँगै आयातमा गिरावट आएको छ । दैनिक ६/७ सय मालवाहक गाडी जाच पास हुदै आएको भैरहवा भन्सार कार्यालयमा ५ पुसदेखि यो संख्या घटेर २५० हाराहारीमा झरेको सूचना अधिकारी पासवानले बताए ।

    कार्यालयले साउनमा १०५ दशमलव ५८ प्रतिशत, भदौमा १०९ दशमलव ५९ प्रतिशत, असोजमा ११२ दशमलव ८० प्रतिशत, कात्तिकमा १०३ दशमलव ६९ प्रतिशत र मंसिरमा १०१ दशमलव ०८ प्रतिशत राजश्व संकलन गरे पनि पुसमा लक्ष्यभन्दा १२ दशमलव ८७ प्रतिशत कम राजश्व संकलन भएको छ ।

    राजश्व कम संकलन हुने कारण विलासिताका बस्तु आयतमा कमी नै हो । पुसमा विगत ५ महिनाको तुलनामा कार जिप र भ्यान, चकलेट, टायल, मार्बल, ग्रेनाइट, मोटरसाइकल, स्कुटर लगायतका बस्तुको आयात घटेको छ ।

    मुख्यतया मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य बस्तु, कस्मेटिकका सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वलरी, तास लगायतका बस्तुमा शत प्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरमा ५० प्रतिशत एलसी खोल्दा नै बैकमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

    अहिलेको व्यवस्थाले साना व्यवसायी मर्कामा परेका छन् । भारतबाट सामान ल्याएर बेचेर केही समयपछि पैसा पठाउने गरेकोमा यो व्यवस्थाले अग्रिममै पैसा फसाएर पुँजी नै ब्लक हुने गरेकोले ती उद्योगी व्यवसायीहरूको सामान आयातमा कमी छ ।

    लकडाउन र निषेधाज्ञाका कारण समग्र व्यापारमा गिरावट आए पनि भैरहवा नाकामा खासै असर परेको थिएन, तर राष्ट्र बैकको नयाँ नियमले राजश्व संकलनमा असर गरेको छ । मुख्यतः १० बस्तुको आयातले लक्ष्य पार गर्न योग्दान गर्ने गरेको थियो । ति बस्तुमध्ये केही बस्तु आयात गर्दा शत प्रतिशत भुक्तानी गरी एलसी प्रतितपत्र खोल्नु पर्ने प्रवाधान आएको छ ।

    कार्यालयले सवारीसाधान, टायल मार्बल, एम एस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लास लगायतका बस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो ।

    पछिल्लो समय विलाशी बस्तुको खारिदमा हाम्रो विदेशी मुद्रा धेरै खर्च भएकोले र आन्तरिक उत्पादन कम भएकोले देश भित्रको विदेशी मुद्राको संचितीलाई सन्तुलनमा राख्नका नेपाल राष्ट्र बैकले परिपत्र गरेको हो ।  अतिआवश्यक बस्तुमा भने यो व्यवस्था छैन, विलासिका बस्तु जुन नभएपनि हुन्छ भन्ने केही बस्तुमा मात्र यो लागु भएको छ । परिपत्र आउनुअघि यी २० वटा शिर्षकका बस्तु १० प्रतिशत वा केही शर्तमा बैंकमार्फत एलसी खोलेर आयात हुँदै आएको थियो ।

    कार्यालयलाई आव २०७८/७९का लागि विभागले एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ, कार्यालयले ६ महिनामा कुल लक्ष्यको ५२ दशमलव ७२ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.