पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका २२ र ३१ वर्षीया २ महिला, लमजुङको राइनास नगरपालिकाका ४८ वर्षीय पुरुष, गोर्खाको गोरखा नगरपालिकाका ५३ वर्षीय पुरुष संक्रमण पुष्टि भएको हो । हिजो बाग्लुङमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ९६ पुगेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९६ पुग्यो ।









