चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेललाई कोरोना संक्रमण भएको छ । हिजो गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सामान्य लक्षणसहित संक्रमित पौडेल घरमै आईसेलेसनमा बसेका छन् उनलाई जटिल लक्षण नदेखिएको पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार अस्पतालका ४५ जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भईसकेका छन् । दिनहुँ संक्रमण हुने संख्या बढ्दै गएको उनले बताए ।








