नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना कर्मचारी मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
अस्पतालका १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको ओपिडि सेवा र पिसिआर सेवा बन्द भएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा र कोरोना परीक्षणका लागि एन्टीजिन प्रविधिबाट परीक्षण भने भईरहेको जनाइएको छ ।
अस्पतालको पिसिआर परीक्षण शाखाका कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएर पिसिआर सेवा बन्द भएपछि स्वाव परीक्षणमा जटिलता थपिएको छ ।








