• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार

  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् । ‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं ।

    उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् । तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ । स्वास्थ्य संस्था कमै मात्र पुग्ने गरेका छौं । स्थानीय सरकारले घर-घरमै सेवा दिएको छ । सेवा निरन्तरता दिँदै जाओस् । बिरामी हुँदा परिवारको सदस्यलाई भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ । तर, घरैमा उपचार पाउँदा हामी भाग्यमानी झैँ लाग्छ,’ उनले भने ।

    ज्येष्ठ नागरिकलाई शारीरिक रूपमा अशक्त बन्दै गएपछि सामान्य स्वास्थ्य जाँच गर्नसमेत मुस्किल हुने गरेको छ । गाउँ र टोल नजिकै स्वास्थ्य संस्था नहुँदा वर्षौंदेखि रोगले ग्रसित जीवन निर्वाह गर्नु परेको छ । जटिल तथा सिकिस्त बिरामी नभइन्जेल स्वास्थ्य संस्थामा कमै पुग्ने गरेका वृद्धवृद्धाहरूले घरमै सेवा पाउँदा खुसी लागेको बताएका छन् । ‘गाउँपालिकाको चाहाना सुस्वास्थ्य र दीर्घायुको कामना’भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मीसहितको टोलीलाई परिचालन गरेर गाउँपालिकाले सेवा प्रवाह गरिरहेको छ ।

    गाउँपालिकाले ६ वटै वडामा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोलीले सम्मान गर्दै स्वास्थ्य उपचार र औषधि वितरण गर्दै आएको छ । यो गाउँपालिकाले ज्येष्ठ नागरिकलाई स्थानीय सरकार गठनसँगै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकल पुरुष भत्ता, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलगायत कार्यक्रम सञ्चालन गर्दै आएको हो । स्थानीय सरकार ज्येष्ठ नागरिकको अभिभावक बन्नको लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

    पालिकामा रहेका ६० वर्षमाथिका दलित ७० वर्षमाथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् । स्वास्थ्य जागरण अभियानअन्तरगत गाउँपालिकाले नागरिकलाई घरदैलो सम्मान तथा उपचारका साथै गाउँपालिका साथी लोरौं उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता राजन नेपालीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.