चितवन । आज (शुक्रबार) देखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार आदेश जारी गर्दै आजदेखि खोप कार्ड अनिवार्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा आजदेखि कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको उल्लेख छ ।
यस्तै सार्वजनिक सेवा प्राप्त गर्दा तथा आन्तरिक उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । खोप कार्ड वा खोप कार्ड फोटो मात्रै भए पनि हुने प्रशासनले जनाएको छ । कोरोना संक्रमण बढेसँगै देशभर नै सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरिएको छ ।








