पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माका अनुसार थप १७ नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।









