• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

  •   शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने सोच र सोख दुवै थिएन ।  काठमाडौँको खाल्टोमा उनी रमाइरहेका थिए । तर जम्दै गरेको उनको व्यवसायमा कोरोना कहर बाधा बनिदियो ।

    पहिलो चरणमा कोरोना रोकथामका लागि भएको लकडाउन देश ठप्प भयो । डेरी पसल भएकाले दुई घन्टा त खोल्न पाउँथे सुनिलकुमारले, तर व्यापार दैनिक खस्किँदो थ्यो । व्यापार यतिसम्म भद्रगोल भएछ कि भाडा तिर्न पनि धौ धौ भयो उनलाई । ‘एकैदिनमा हुने लाखको व्यापार हजारमा झर्‍यो । तैपनि आशा थियो पहिलेको जस्तै व्यापार होला भनेर । फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । व्यापार त झनै चौपट हुने लक्षण देखियो । दोस्रो लहरको कोरोना सुरु हुँदै गर्दा अन्य लहरको पनि चेतावनी आइसकेको थियो’, उनी सम्झन्छन् ।

    दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू । सुरुमा उनलाई टर्की पाल्ने रहर जागेछ । भिडियो हेर्दा हेर्दै उनलाई टर्की पालनको रहर फेरिएर कालिज पालनको जागेछ । जुनबेला राजधानी सहर काठमाडौँमा कोरोनाको जगजगीले एकातिर व्यापार खस्किरहेको थियो । अर्कोतिर कोरोनाले ज्यानै लिन्छ कि भन्ने पिरलो ! र पो उनले निधो गरेछन् कोरोनाको जगजगीमा उकुसमुकुस भएर बाँच्नु भन्दा गाउँ फर्किएर पुर्ख्याैली थलोमा कालिज पाल्ने । जहाँ खुलेर बाँच्न पाइने, कालिज पाल्न जागेको उनको रहर पूरा पनि हुने ।

    तनहुँको बन्दीपुर गाउँपालिका-४ लोहीपाखा लालपूर्ण बस्तीमा रहेको गाउँको जग्गा बेच्ने तरखरमा थिए सुनिलका बुबा कृष्णकुमार । एक्लो छोरा काठमाडौँ छाडेर गाउँ नफर्केने संकेतले बुढेसकालमा पुर्ख्याैली थलो बेचेर काठमाडौँ परिवारसँगै बस्नलाई कृष्णकुमारले जग्गा बेच्न खोज्दै थिए । त्यही बेला छोरा सुनिलले भनेछन्, ‘जग्गा नबेचौँ बुवा । म गाउँको जग्गामा कालिज पाल्छु ।’

    गत वैशाखमा काठमाडौँको दुईमध्ये एउटा डेरी बिक्री गरेर राजधानीमा रमाइरहेका श्रेष्ठ गाउँ फर्किए । पुर्ख्याैली थलोमा उनले कालिज पाल्ने संरचना बनाउन थाले । वैशाखमा उनले दुई हजार कालिजका चल्ला ल्याएर हुर्काउन थाले । काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजाेआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।

    बिहान झिसमिसेदेखी साँझ अबेरसम्म कृष्णको ज्ञान एकीकृत कृषि फार्म प्रालिमा हुर्किएका कालिजसँगै हुन्छन् उनी ।  कहिले मकैको दाना दिन्छन् त कहिले बारीबाट काटेर ल्याएको घाँस कालिजलाई चारो बनाएर खुवाउँछन् । बेलामौकामा आफूले पालेकोे कालिज हेर्न आएकासँग आफ्नो अनभुव बाँड्दै गरेको भेटिन्छन् उनी । कहिलेकाहीँ ग्राहकलाई कालिज जोखेर बिक्री गर्दै हुन्छन् । हुर्किएर बेच्ने बेला भएका कालिजसँगै उनले देखेको सपनाले पनि आकार लिन थाल्दैछ विस्तारै ।

    पृथ्वी राजमार्गबाट झन्डै तीन सय मिटर माथिपट्टि रहेको भिरालो जग्गा सम्याएर सुनिलले कालिज पालन थालेका छन् । राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक, जग्गा सम्याउने, कालिजका पाल्ने ठाउँमा तारबार गर्ने, घर बनाउने र रेष्टुरेन्ट सञ्चालन गर्नलाई उनले डेढ करोड रुपैयाँ लगानी गरेको बताए । फार्ममा पालिएको कालिज दशैँदेखि बिक्री गर्न थालेको उनी बताउँछन् । भाले कलिजलाई प्रतिगोटा तीन हजार रुपैयाँका दरले धमाधम बिक्री भइरहेको छ । दशैँयता चार सय कालिज बिक्री भइसकेको उनले जनाए । ‘पोथी पाल्न लानेलाई मात्रै बेच्छौँ । नत्र बेचेको छैन । पोथीलाई यहीँ राखेर अब चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ’, उनले सुनाए ।

    कालिजको बजार विस्तार भइरहेको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, ‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्‍याई तेहेर्‍याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’ कालिज फार्मसँगै रेष्टुरेन्ट पनि चलाइरहेकाले उनलाई बजार नै नपाउने समस्या भने छैन ।

    उनको फार्म हेर्न र कालिजको स्वाद चाख्नलाई तनहुँको डुम्रे, बन्दीपुर, आँबुखैरेनी दमौली र  गोरखाको पालुङटारबाट बढी आउँछन् । ‘कहिलेकाहीँ पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू पनि बोर्ड देखेर आउनुहुन्छ’, उनले भने । कालिज पालनलाई विस्तार गर्दै उनले फार्म परिसरमा पिकनिक स्पट र फनपार्कको योजना बनाएको बताउँछन् ।

    वैशाखयता गाउँमा आएर कालिज पालन थालेपछि अथाह सन्तुष्टि मिलेको छ उनलाई । ‘पहिला उता काठमाडौँको रमझममा हराएको थिएँ । यहाँ आएर कालिज पाल्न थालेपछि थाहा भो वास्तविक खुसी त गाउँमा पो रहेछ । जसले गर्दा मेरो पहिचान पनि बनेको छ’, उनले भने ।

    सुनिकुमारलाई मिलेको सन्तुष्टिभन्दा बढी बुवा कृष्णकुमारलाई खुसी मिलेको छ । किनकि कृष्णकुमार पहिल्यैदेखि कृषि कर्ममा रमाइरहेका थिए । तीन सय रोपनी जग्गामा उनले एभोकाडो, लप्सी र लिची लगाएका थिए । सोचे जस्तो फल भने पाएका थिएनन् उनले । बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पाल्न थालेपछि आफ्नो कर्मलाई छोराले पनि पछ्याएको महसुस गरेको बताउँछन् ।

    उनी भन्छन्, ‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग  परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’ उत्पादनमा लाग्नु भनेको देशलाई समृद्धि दिशामा लैजान सघाउनु हो कृष्णकुमारको बुझाइमा ।

    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.