• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सेनाको पश्चिम हवाई सेवा स्थापना पछि धेरैको ज्यान जोगियो

  •   शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट ।  नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रीत संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमाण्ड अन्तरर्गत सुर्खेतको बीरेन्द्रनगरबाट हवाइ सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।

    कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमाण्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्राकृतिक प्रकोप र विपदमा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमाण्ड अन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । १७ भदौ २०७६ मा पश्चिम कमाण्ड अन्तर्गत नेपाली सेनाले बीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौंबाट हुने उडानहरु दुई वर्षयता सुर्खेतबाट तीनवटा प्रदेशमा हुँदै आएको छ ।

    तीन वटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमाण्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया र सुदूरपश्चिम र कर्णालीको पुरै भागलाई समेटेर पश्चिम एयरवेशबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलक समेत तयारी हालतमा राखिएको पश्चि कमाण्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरिएको छ ।

    २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाइ सेवा कार्यालयले बताएको छ । २०७७ मा ३४ गर्भवती र अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९  जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए । पश्चिममा एयर वेश स्थापनासँगै समयमै उद्धार भएको स्थानीयबासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढीपहिरो, हिउँ पहिरोमा परि घाइते भएकालाईसमेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ ।

    त्यस्तै राहत वितरणमासमेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएर सेनाले जनसेवा गर्दै आएको पश्चिम कमाण्डका मेजर जनरल प्रेम शाहीले बताए । पश्चिम कमाण्डको एयर वेशलाई अझैं पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग छ । पश्चिम एयर वेशबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

    राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरि  गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।

    हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।

    पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लामा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम,जाजरकोट, डोल्पा,  कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् । त्यस्तै आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ ।

    डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.