• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

डडेल्धुरामा विद्यालयबाट अवैध काठ बरामद

  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमुना माध्यामिक विद्यालय परिगाउँको परिसरभित्र अवैध रूपमा काटिएको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय डडेल्धुराले सिसम र हल्दोका गरि १८८ दशमलव ८० क्युफिट काठ बरामद गरेको हो।

    प्रारम्भिक विवरणअनुसार सिसमका आठ र हल्दोका दुई रूख काटिएको पाइएको अनुसन्धान अधिकृत सन्तोष भट्टले बताए । उनका अनुसार सिसमका आठ रूखको ४५ दमलव शून्य ६ क्युफिट काठ र हल्दोको १४३ दशमलव ७४ क्युफिट काठ बरामद गरिएको हो।

    विद्यालयमा भवन निर्माणका लागि टेक्का सम्झौता भएको र भवन बनाउने स्थानमा एउटा सिसिमको रुख परेकाले जरासहित उखेको बिद्यालयका प्रध्यानाध्यापक डम्बर सिंह थ्वालले बताए । उनले वडा कार्यालयबाट रुख कटानका लागि वन कार्यालयलाई सिफरिस गरे पनि वन कार्यालयको निर्णयअघि नै केही रुखहरू कटान गरेको बताए।

    सिसम, साल, खयर र हल्दोका साना ठूला गरि धेरै रूख कटान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य केशव नाथले बताए । रूख काट्ने विषयमा आफूलाई कुनै जानकारी नै नभएको र प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष र वन कार्यालयको मिलेमतोमा अवैध रूपमा रूख कटान गरिएको उनको भनाइ छ ।

    ‘धेरै रूख कटान भएको छ । विद्यालयको प्रयोजनको लागि काटिएको होइन । यदि विद्यालयको प्रयोजनका लागि कटान हुन्थ्यो भने मलाई पनि जानकारी हुनुपथ्यो । तर, जानकारी नै छैन,’ उनले भने, ‘कटान गरिएका रूखका काठ राति नै डोजर प्रयोग गरि खाडलमा पुर्ने काम भएको छ । कतिपय काठ नजिकैका स्थानीयको घरमा लुकाएर राखिएको छ ।’

    डिभिजन वन कार्यालयले देखाउनको लागि मात्र काठ बरामद गरेको उनी बताउँछन् । परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका कर्मचारीले मौखिक रुपमा रूख कटान गर्न अनुमति दिएको स्थानीय बताउँछन् । काठ तस्करीमा संलग्न केही व्यक्तिको घरमा काठ राख्न लगाएर डिभिजन वन कार्यालय डडेल्धुराले व्यक्ति स्वयंको देखाउन खोजेको उनीहरूको भनाइ छ ।

    विद्यालयले रूख कटान गरेपछि आफूले तीन हजार रूपैयाँ हालेर दाउरा खरिद गरेको स्थानीय हरि नाथले बताए । रूख कटान गरिएको विषयमा सोधपुछ गर्न डिभिजन वन कार्यालयले भुवनेश्वरी नमुना मावि परिगाउँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई नियन्त्रणमा लिएको छ।

    डिभिजन वन कार्यालयको अनुमतिविना विद्यालय परिसर भित्रका सिसम लगायतका रुखहरू अवैध कटान गरिएपछि उनीहरूलाई सोधपुछ गर्न नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत राम विचारी ठाकुरले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.