• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

फार्मेसी विहीन जिल्ला अस्पताल

  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु । हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपी रहेका छन् । जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ ।

    २०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म  फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु पर्ने अवस्थाले झन् सास्ती भएको छ ।

    उपचारको लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पताल भित्र पाइने नि:शुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन् ।

    जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाहीले बताए । उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस भन्ने  उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नु पर्ने हो ।

    जिल्ला अस्पतालका चिकित्सक भन्छन्, ‘सरकारले दिएको नि:शुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन । केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ । तर, त्यो सुविधा छैन ।’

    जिल्ला अस्पतालबाट माथि गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट समय लाग्ने गरेको छ । नि:शुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीलाई उल्टै महँगो औषधिको मार खेप्नु पर्ने अवस्था अस्पतालमा छ ।

    जिल्ला अस्पतालमा फार्मेसी खोल्नु पर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसी विहीन छ ।

    ‘निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं,’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाई छ । फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिने उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने उनको भनाई छ ।

    अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उनले बताए । क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको नि:शुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेट बाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकता अनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ ।

    जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ । औषधि खरिदको लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.