भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा आज (शुक्रबार) १८ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका र जोन्सेन खोपको पहिलो मात्रा दिईने महानगरको जनस्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए ।
महानगरका १८ वटा वडाका खोप केन्द्रमा एक दिन खोप अभियान चल्ने सुवेदीले जानकारी दिए । खोप अभियान बिहान १०:३० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।
पहिलो खोप लगाउनका लागि नागरिकता वा उमेर खुल्ने परिचयपत्रसहित सम्बन्धित खोप केन्द्रमा सम्पर्क गर्न महानगरको जनस्वास्थ्य शाखाले आग्रह गरेको छ ।








